Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अनलाइन मार्फत जुवा/सट्टावाजी गर्ने चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । अनलाइन मार्फत आइपिएल २०२३ काे जुवा/सट्टावाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरबाट एक भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे । 

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी ३१ बर्षिय सरोज साह, सर्लाहीकाे रामनगर गाउँपालिका वडा नं.६ निवासी ३५ बर्षिय सन्तोष कुमार यादव, पर्साकाे वीरगंज महानगरपालिका वडा नं.२४ निवासी ३४ बर्षिय धुरेन्द्र प्रसाद यादव र भारतकाे उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ बर्षिय मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा अनलाइन मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा बुधबार विहान ११:४५ बजेकाे समयमा चारै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी टोलीले उक्त घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा पक्राउ परेकाहरुले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको विभिन्न प्रकारका मोबाईल, ल्यापटप तथा नेपाली नगद रू. ३ लाख ९० हजार ५ सय, भारतीय नगद रू. १५ हजार ७ सय ७५  र खेलको लाइभ हेर्न प्रयोग भएको आइडिया कम्पनीको ३२ इन्चकाे एलईडि टिभि समेत फेला परेको प्रवक्ता गिरीले वताए ।

 पक्राउ परेकाहरु विरुद्द अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी  थप अनुसन्धान कार्य भैरहेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...