Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हेटाैडामा लागूऔषध गाँजासहित छिपहरमाईका मियाँ पक्राउ

spot_img
spot_img
वीरगंज । हेटाैडाबाट भारतिय कारमा ९२ किलो ग्राम लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 
 
प्रहरीले कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबे, कारमा सवार पर्साकाे छिपरमाई गाँउपालिका बस्ने बर्ष ५० को नैमुदिन मियाँ र मकवानपुरकाे कैलाश गाउँपालिका वडा नं. १० बाझोखेत बस्ने बर्ष ६० को बुद्धिमान थोकरलाई नियन्त्रणमा लिएकाे हाे ।
 
विशेष सुचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलीले आइतबार विहान अन्दाजी ०५:३० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ०१ चौकीटोल स्थित प्रहरी चौकी चौकीटोल अगाडी सडकबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
बिआर०१बिएन१५१८ नम्बर‍को भारतिय कारलाई रोकी चेकजांच गर्ने क्रममा कार चालक दुबे, कारमा सवार मियाँ र मकवानपुरका थोकरलाई फेला पारी निजहरुको शरीर तथा उक्त कारको खानतलासी गर्दा कार भित्र पछाडीको सिट पछाडी फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागु औषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।
 
फेला परेकाे उक्त लागू औषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...