Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

हेटाैडामा लागूऔषध गाँजासहित छिपहरमाईका मियाँ पक्राउ

spot_img
spot_img
वीरगंज । हेटाैडाबाट भारतिय कारमा ९२ किलो ग्राम लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 
 
प्रहरीले कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबे, कारमा सवार पर्साकाे छिपरमाई गाँउपालिका बस्ने बर्ष ५० को नैमुदिन मियाँ र मकवानपुरकाे कैलाश गाउँपालिका वडा नं. १० बाझोखेत बस्ने बर्ष ६० को बुद्धिमान थोकरलाई नियन्त्रणमा लिएकाे हाे ।
 
विशेष सुचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलीले आइतबार विहान अन्दाजी ०५:३० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ०१ चौकीटोल स्थित प्रहरी चौकी चौकीटोल अगाडी सडकबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
बिआर०१बिएन१५१८ नम्बर‍को भारतिय कारलाई रोकी चेकजांच गर्ने क्रममा कार चालक दुबे, कारमा सवार मियाँ र मकवानपुरका थोकरलाई फेला पारी निजहरुको शरीर तथा उक्त कारको खानतलासी गर्दा कार भित्र पछाडीको सिट पछाडी फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागु औषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।
 
फेला परेकाे उक्त लागू औषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...