Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

विद्यालय अनुगमन : सोमबार पनि १३ शिक्षकसँग स्पष्टिकरण माग

spot_img
spot_img

वीरगंज । नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरग‌ंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ । विद्यालयमा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले कडाई गर्न महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।

आइतबार अनुगमनका क्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ जना शिक्षकलाई कारबाही गरेको महानगरले सोमबार छुट्टाछुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको छ । सोमबार बिहान गएको अनुगमन टोलीले वीरगंजकाे माइस्थान विद्यापिठ मा.वि.मा ८ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।

यस्तै अनुगमन टोलीले वडा नम्वर १७ अलौंमा रहेको श्री द्वारदेवी मा.वि.मा पनि ५ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।
विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए ।

द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली नै नियन्त्रणमा लिएको छ ।

महानगरले विद्यार्थीसँग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसँग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।
टोलीले आजै पावरहाउस क्षेत्रमा रहेको सिद्धार्थ मा.वि.को समेत अनुगमन गरेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...