Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

स्थानीय तहको सरुवाकाे विराेधमा पर्साका शिक्षकहरु आन्दाेलित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरसहित पर्साका शिक्षकहरु आन्दाेलित भएका छन् । शिक्षक महासंघ पर्साकाे आवहानमा जिल्लाका शिक्षकहरु आन्दाेलित भएका हुन् । पूर्व घाेषित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत आइतबार पहिलाे दिन जिल्लाका सम्पूर्ण विद्यालयमा कार्यरत प्र.अ., शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी काम गरेका छन् । 

शिक्षकहरुले सोमबार वीरगंज महानगरपालिकाकाे कार्यालय अगाडि धर्ना बस्ने, मंगलबार पुनः वीरगंज महानगरपालिका कै कार्यालय अगाडि धर्ना बस्ने आन्दाेलनकाे कार्यक्रम रहेकाे छ । शान्तिपूर्ण धर्ना गर्दा पनि हाम्रो माँग सम्बोधन भएन भने मंगलबार कै धर्ना स्थलबाटै कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु तय गरिने शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले वताए ।

जिल्लाका स्थानीय तहहरुबाट विगत केही महिनादेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु समेतलाई विभिन्न पूर्वाग्रह, दुराग्रह, राजनैतिक आस्था, भेदभाव तथा व्यक्तिगत कुण्ठाको आधारमा थिचोमिचो गर्ने, अनावश्यक रुपमा मानसिक यातना दिने, सरुवाको नाममा आतंक मचाउने, आफ्नो आसेपासेलाई मनोमानीरुपमा पद बाँड्ने, स्वेच्छाचारी रुपमा बढुवा घटुवा गर्ने, विभिन्न रुपमा मानमर्यादा मर्दन गर्ने जस्ता घोर आपतिजनक कार्य गरिदै आएकोमा बाध्य भएकाे आन्दाेलित हुनु परेकाे उनले वताए ।

प्रचलित संघिय शिक्षा ऐन र नियमावली तथा स्थानीय ऐन नियमावलीको वरखिलाफ कुनै पनि शिक्षक वा विद्यालय कर्मचारीको सरुवा नगर्न, सरुवाको लागि नभई अर्थात कोही व्यक्ति विशेषको इच्छा, आकांक्षा, स्वार्थ अथवा राजनैतिक आवश्यक्ता पूर्तिको लागि दवावको भरमा सरुवा गर्ने कार्य नगर्न, शिक्षकलाई सम्मानित पेशाकर्मीको रुपमा राखी राख्नको लागि शिक्षकको मार्यादालाई उच्च बनाउन आवश्यक कार्यक्रम ल्याउन लगायतकाे हाम्राे माग रहेकाे अध्यक्ष यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...