Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा (एस) पर्साद्वारा सिडियाे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाहीको माग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाकाे नेतृत्वमा जिल्ला प्रशास कार्यालयमा पुगेको नेकपा (एस) पार्टी पर्साका नेताहरुको टोलीले पर्साको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

जिल्ला प्रशासन कार्यालयमा पुगेका पार्टीका नेताहरुसँग आफ्नो कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले ज्ञापन पत्रलाई छिटै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । सो क्रममा प्रजिअ रेग्मीले दोषीहरुलाई सरकारले कारवाही गर्नेमा आफु बिश्वस्त रहेको समेत बताए ।

ज्ञापन पत्रमा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन गरिएको मानव बेचविखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खुला रूपमा सडकमा उत्रेको कुरा जानकारी गराइएको छ भने सोमा संलग्न सबै अपराधीहरुलाई गिरप्तार गरी हदैसम्मको कानूनी काबाही गर्न माग गरिएको छ ।

त्यसैगरी जघन्य अपराधमा संलग्न भएका सबैलाई कावाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निरप्रभावी नगर्न माग गरिएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान र सकृयताले आमनागरिकको बीचमा सकारात्म सन्देश प्रवाह गरेको तथा निराश जनता केही मात्रामा आशावादी बनेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै ज्ञापन पत्र मार्फत सरकारलाई धन्यवाद समेत भनिएको छ ।

देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचविखनको कार्य राष्ट्रघाती  तथा देशद्रोही कार्य भएको  र यस कार्यबाट राष्ट्रको भविष्यमा  क्षति भएको ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रको अन्यमा दोषीलाई कारवाही गर्न सरकार समक्ष जोडदार माग गरिएको छ तथा भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कारवाहीमा पर्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने उल्लेख गरिएको छ ।

पर्टीको केन्द्रिय कमिटीको निर्णय अनुसार ज्ञापन पत्र बुझाउन नेकपा एस पर्साका जिल्ला अध्यक्ष थापा सहित, पार्टीका लेखा समिति सदस्य किशोरी कुशवाहा, पार्टीका पर्सा उपाध्यक्ष गंगा खड्का, सचिव बिक्रम चौरसिया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, सचिव बृजलाल पासवान, पटवारी बैठा, बृज यादव, सुवेदार यादव, मनोज शर्मा, अमरदेव पासवान, सुशिल हजरा, प्रमोद यादव, मनोज पटेल, अनिल पटेल, राजकुमार यादव लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...