Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नीति तथा कार्यक्रममा वीरगंज चिनी कारखानालाई छुटाइएकाेप्रति सांसद यादवकाे आपत्ति

spot_img
spot_img

वीरगंज । वीरगंज चिनी कारखाना सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा छुटाइएकोप्रति पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले आपत्ती जनाएका छन् । आइतबारकाे प्रतिनीधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले सरकारले बन्द रहेका उद्योग सञ्चालन गर्ने विषय समावेश गरेपनि वीरगंज चिनी कारखानालाई छुटाएको भन्दै आपत्ती जनाए ।

मधेश प्रदेशका कृषकहरुको आशाको केन्द्र वीरगंज चिनी कारखाना सञ्चालनमा आए यहाँका जनताले रोजगारी पाउनुका साथै कृषकको उखुले बजार पाउने दावी गरे । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समग्रमा सन्तोषजक भएपनि कार्यन्वयनमा यादवले आशंका व्यक्त गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका यादले भने, ‘नीति तथा कार्यक्रम समग्रमा राम्रै छ । केही विगतकै कार्यक्रमले पनि निरन्तरता पाएका छन् भने केही थपिएका छन् । तर कार्यन्वयन हुन गाह्रो छ । यसअघिकै कार्यक्रम पनि कार्यन्वयन हुन सकेका छैनन् । यदि नीति तथा कार्यक्रम कार्यन्वयन हुन सक्यो भने देश कायापलट हुन कुनै समय लाग्दैन ।’

देशमा मन्दीले विकराल रुप लिँदै गर्दा अर्थतन्त्र सबल र सुदृढ बन्दै गएको भन्ने मनगढन्ते कुरा सरकारले बोलिरहेको यादवको टिप्पणी छ । अविश्वसनीय नीति तथा कार्यक्रमले सरकारको अर्थतन्त्रलाई सबल बनाउन नसकिने उनको ठहर छ ।

नीति तथा कार्यक्रममा ढुंगा खानीको संरक्षण गर्ने कुरा उल्लेख गर्नुलाई सकारात्मक पक्षका रुपमा लिएपनि ढुंगाको निकासी गर्ने विषयमा भने उनले असन्तुष्टी पोखे । प्राकृतिक सम्पदा निकासी हुँदा भूमण्डलीय स्वरुप खलबलिनुका साथै ढुंगा निकासीले मधेशलाई मरुभूमि बनाउने योजनाको रुपमा ल्याएको यादवको बुझाई छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा जोड दिँदै पूर्वमन्त्री यादवले कनिका छरे जसरी बजेट नराखी निर्माणका लागि लाग्ने बजेटको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

त्यसअघि सांसद यादवले संघियता कसैको उपहार र बक्सिसका रुपमा नआएको दावी गर्दै हजारौँ मधेशी, दलित, जनजाती, महिला लगायतको आन्दोलनको देन भएको बताए । संघियतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जत्तिकै पनि अधिकार नदिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...