Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरकाे न्यायिक समितिकाे जिल्ला न्यायधिशद्वारा निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला अदालत वीरगंजका न्यायधिश पुरुषोतम नेपालसहितकाे टाेलीले शनिबार पर्साको पकहाँ मैनपुर गाउँपालिकाका न्यायीक समितीको काम कारवाहीकाे निरिक्षण गरेकाे छ ।

निरिक्षण टाेलीले न्यायिक समितिका कागाजात हेरी ५ बुंदे सल्लाह सुझाव समेत दिएको न्यायीक समितीका शाखा अधिकृत जाकिर हुसेनले बताए । निरिक्षणकाे क्रममा गाउँपालिकाकाे न्यायीक समितीको हालमा बसेको पर्सा अदालतको टोलीले न्यायीक समितीका सदस्यहरु संग अन्तरक्रिया समेत गरेकाे थियाे ।

न्यायीक समितीको सम्मपुर्ण कागाजात र छलफलको आधारमा टोलीले प्रत्येक मुद्दा अनुसारको आदेश पर्चा खडा गरी मिसिलमा राख्नु पर्ने, मुद्दाकाे अन्तिम निर्णयको अभिलेख राय किताबमा राख्नु पर्ने, तारेख भरपाईमा पक्षको नाम र मिती लेखी तारेखको प्रयोजन खुलाउनु पर्ने, म्याद तामिली प्रति मिसिलमा राख्नु पर्ने जस्ता रायसल्लाह सुझाव दिएको हो ।

निरिक्षण टाेलीमा पर्सा जिल्ला अदालतका न्याधिश नेपालसहित श्रेस्तेदार अरुण कोईराला, संदिप कुमार मेहता लगायतकाे सहभागिता रहेकाे थियाे । टोलीले पकहाँ मैनपुर गाउँपालिकाको न्यायीक समितीका काम कार्यवाही राम्राे देखिए पनि केही थप सुधार गरिनु पर्ने सल्लाह दिएको हाे ।

न्यायीक समितीकी संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष सर्फुन नेसाको अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद, उपाध्यक्षका स्वकिय सचिव नसुरुल्लाह मियाँ, कानुनी सल्लाहकार रामनारायाण कुर्मी, प्रशासन प्रमुख हरिमोहन महतो, लेखापाल निरन्जन पटेल, योजना शाखा प्रमुख शेखर सुधांशु सोनी लगायत न्यायीक समितीका सदस्यहरुकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...