Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरकाे दुई वटा विद्यालयलाई स्तोरन्ती गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले २ वटा विद्यालयलाई स्तोरन्ती गर्ने निर्णय गरेको छ । शिक्षा समितीका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बैशाख १५ गते बसेको शिक्षा समितीकाे बैठकले २ वटा बिधालयलाई स्तोरन्नती गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख दामोदर दुबेले जानकारी दिए ।

शिक्षा समितिकाे बैठकले वडा नम्बर १ धोरेमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई माध्यमिक तहका लागी कक्षा ९ काे अध्ययन अध्यापनकाे लागि अनुमति दिने निर्णय गरेकाे प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले बताए ।

यसै गरी वडा नम्बर ५ सबैठवामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कक्षा ६ र ७ थप गर्ने निर्णय गरेकाे शिक्षा शाखा प्रमुख दुबेले बताए । दुबेका अनुसार कक्षा ५ सम्म संचालनमा रहेको विद्यालयलाई कक्षा ६ र ७ थप गरी आधारभुतमा स्तोरन्ती गरिएको छ ।

पकहाँ मैनपुर गाउँपालिका १६ वटा विद्यालय मध्ये १ वटा मात्रै माध्मिक स्तरको विद्यालय रहेको थियो । अब एउटा अझै माध्यमिक तहकाे अनुमति पाएसंगै दुईवटा भएकाे छ । कक्षा ६ देखी नै बिधार्थीहरु टाढाको गाउँमा बिधालय जानु पर्ने बाध्यता हटेको छ ।

अब आउने प्रत्येक बर्ष विद्यालयहरुलाई स्तोरन्ती गरिने गाउँपालिका अध्यक्ष मेहताले बताए । अध्यक्ष मेहताका अनुसार धोरे र सबैठवाका दुईटै बिधालयलाई स्तोरन्ती मात्रै होईन त्यसका लागी पालिकाबाट भौतीक संरचनाका लागी बजेट बिनियेजन गरी काम पनि सम्पन भईसकेको जानकारी दिए ।

आउने दिनमा पालिकामा रहेको १६ वटा बिधालय मध्ये कुनै पनि बिधालयमा भौतिक संरचनाको कमी हुन नदिने बताए । उता वडा नम्बर २ को दलित प्राबिमा पनि कक्षा कोठा निमार्ण भएको समेत बताए । यता वडा नम्बर ४ को ब्रम्हमबाबा प्रावि र श्री हरिहरराज उपाध्यायमा पनि कक्षाकोठा निमार्ण भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...