Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

युवाहरु राजनीतिमा आउन जरुरी छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् । रेडियो वीरगंजले बिहिबार मुनलाईट स्कुलमा आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर सिंहले वीरगंजलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागि परेको बताए । उनले वीरगंजलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउँदै महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि आग्रह गरे ।

नगर प्रमुख सिंहले वीरगंजकाे मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउँदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना महानगरको रहेको पनि बताए ।

महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको जानकारी दिए ।

निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुँदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह समेत गरे ।

मेयर सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो गरे । उनले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगंजमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गरे ।

विद्यार्थीसँग प्रत्यक्ष संवाद गरी रहेका नगर प्रमुख सिंह विद्यालयमा ठूलो संख्यामा बालबालिकाको आमा, हजुरआमा लगायतका अभिभावकहरु उपस्थित भएपछि बालबालिकालाई खाजा खुवाई रहेको स्थानमा पुगेर उनिहरुको गुनासो समेत सुनेका थिए ।

अधिकांशले निजी विद्यालयमा पढाउँदा पनि ट्युशन तथा कोचिङ्ग क्लास लिन विद्यालयले बाध्य पार्ने गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको लगायतका गुनासो गरेका थिए ।

मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा सम्पन्न ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगंज एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाको केन्द्रीय सदस्यमा पर्साकी सांसद सुनिता चौधरी निर्वाचित, डा. नन्दन यादव पराजित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पर्साकी समानुपातिक प्रतिनिधिसभा सदस्य सुनिता कुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित...

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...