Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

प्रदेशको बजेटमा मेयर सिंहले मागे वीरगंजका लागि विशेष प्याकेज

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।

बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगन्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पुर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगन्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो पनि दिए ।

मेयर सिंहले भने,‘ मन्त्री ज्यु , उपाध्यक्ष ज्यु सहितको टोलीलाई एकपटक वीरगन्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु , तपाईहरुले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगन्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ , त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरले पाइरहेको प्रसंग सुनाउदै मेयर सिंहले भने,‘ वीरगन्ज मधेसकै एकमात्र महानगर हो , त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगन्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्छ ।

यदि वीरगन्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगन्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव, मधेस प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी, मन्त्रालयका सचिवहरु, प्रदेशसभा सदस्यहरु, पालिकाका प्रमुखहरुका साथै वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमी प्रसाद पौडेल, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे लगायतको पनि सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...