Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भ्रष्टाचार विरुद्ध वीरगंजमा जनमतकाे प्रदर्शन

spot_img
spot_img

वीरगंज । नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले मंगलबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूर्ण नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन’, ‘साइकल काण्डमा निष्पक्ष छानविन गर’, ‘भ्रष्टाचार अन्त्य गरौ’ लगायतको नारायुक्त प्लेकार्ड बोकी गरिएको विरोध प्रदर्शन कार्यक्रममा सहभागी वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड, छोरी बीमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य डा. अजय यादव, जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार, महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, सुजित चौरसिया, श्याम शंकर चौरसिया, राजेश चौरसिया, नजमा खातुन, बिराजु यादव, राम नरेश पटेल, संजय बर्मा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...