Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

बाल उद्यान र विपश्यना पार्कलाई हेर्न र घुम्न लायक बनाइन्छ : मेयर सिंह

वीरगंज । वीरगंजलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको महानगरपालिकाका मेयर राजेशमान सिंहले बताएका छन् । वीरगंज पब्लिक कलेजमा साेमबार रेडियो वीरगंजले आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले आफ्नै कार्यकालमा महानगरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।

- Advertisement -

उनले भने, ‘तपाई जस्तै युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । तपाईहरुको साथ र सहयोग पाएँ भने महानगरलाई सभ्य, सुन्दर र घुम्न लायक बन्नमा कुनै समय लाग्दैन ।’ महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि उनले आग्रह गरे ।

सहभागी युवाहरुको जिज्ञासा मेटाउँदै मेयर सिंहले भने, ‘बाल उद्यान पार्क र परवानीपुरको विपश्यना पार्कलाई मनमोहक बनाउँदै नि:शुल्क प्रवेश गर्न पाइने बनाइनेछ । कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी काम भइरहेको छ । पार्कलाई व्यवस्थित बनाई हेर्न र घुम्न लायक बनाउने तयारी भइरहेको छ ।’

उनका अनुसार वीरगंजकाे मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा छ । मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने महानगरको योजना रहेको पनि मेयर सिंहले सुनाए ।
महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको पनि जानकारी दिए ।

यसअघि शुल्क तिरेर पढ्नुपर्ने अंग्रेजी माध्यमलाई महानगरले निशुल्क बनाएर सबैले पढ्न पाउने व्यवस्था गरेको भन्दै उनले आउँदा शैक्षिक क्षेत्रबाट अन्य विद्यालयलाई पनि यस्तै परिमार्जन गर्दै लैजाने गरी गृहकार्य भइरहेको पनि बताए ।

यात्रुबाहक बस लगायतका सार्वजनिक सवारी साधनमा पनि विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा छुटको व्यवस्था गर्नका लागि महानगरले सरोकारवालाहरुसँग छलफल गर्ने र विद्यार्थीको सहजताका लागि आवश्यक काम गरिने स्पष्ट पारे ।

वीरगंजमा घुम्ने ठाउँकाे अभाव : नयाँ पुस्ता 

कर्यक्रममा सहभागि नयाँ पुस्ताका सुमित क्यालले महानगर प्रमुखमा सिंह निर्वाचित भएदेखि धेरै सुधार र विकासका काम भएको बताए । उनले भने, ‘अहिलेसम्मको प्रगती सन्तोषजनक छ, तर यहाँ घुम्ने र रमाउने खालका ठाउँहरुको अभाव छ । विदाको दिन हामीलाई अहिले पनि हेटौडाको त्रिखण्डी, चितवनको सौराहा लगायतका ठाउँमा पुग्नुपर्छ । यसको अन्त्यका लागि पहल गरियोस् ।’

कार्यक्रममा सहभागी आशिका शर्माले वीरगंज ब्रह्म चोक पछाडीको क्षेत्रमा फोहोर उठाउने ट्याक्टर तथा सफाईकर्मीहरु नपुगेको गुनासो गरे । वीरगंजकाे पावरहाउसका शिशिर झाका अनुसार सडक लगायत विभिन्न सार्बजनिक स्थानहरुमा डस्टबिन राख्नुपर्ने आवश्यक्ता खट्किएको बताए ।

विद्यालयको शूल्कमा एकरुपता ल्याउनुका साथै शूल्क नदिँदा विद्यालयले दुर्ब्यवहार गर्ने गतिविधिप्रति सुधार गर्नुपर्ने आर्यन साहको सुझाव छ ।

वीरगंजकाे श्याम गुप्ताले वीरगंजमा पनि पढ्दै कमाउँदै सकिने खालको वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याए ।
वीरगंज अशोकबाटीकाकी प्रिति पाण्डेले महानगरले सिरिसिया नदिलाई सफा बनाउने अभियान चालेकोमा खुशी व्यक्त गर्दै अब आउने छठ पर्वमा सफा नदिमा पूजा गर्न पाउने अपेक्षा व्यक्त गरिन । 

शिक्षाका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय ध्रुबराज पराजुलीले वीरगंज मै टिकाउने खालका कार्यक्रम ल्याउन आग्रह गरिन । विभिन्न स्थानमा रहेका नालालाई कभर गर्नुपर्ने र सिर्सिया पुलमा सेफ्टि बेरियर र लाईट राख्न पनि उको आग्रह थियो ।

वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण पत्रकार ध्रुव साहले गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...