Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुर गाउँपालिकामा शाेक सभा

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले आइतबार शाेक सभा गरेकाे छ । गाउँ कार्यपालिका कार्यालयमा कार्यरत कार्यालय सहयाेगी कलावती देवीको निधन भएकाे शाेकमा गाउँपालिकाले शाेक सभा गरेकाे हाे ।

शोक सभामा गाउँपालिका अध्यक्ष सुरेश मेहताले स्व. कलावति देवीको तस्बिरमा अबिरको टिका र फुलको गुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।

शोक सभामा वाेल्दै अध्यक्ष मेहताले क्रियाशिल, कर्मठ, ईमान्दार र अनुशासित कार्यालय सहयोगी गुमाउँदा पालिकालाई ठेस पुगेकाे वताए । उनले पालिकाले एक अनुशासित र इमान्दार कर्मचारी गुमाएकाे वताए । 

वीरगंजकाे श्रीपुर घर भएकाे कार्यालय सहयाेगी कलावतीकाे शनिबार अल्पायु मै निधन भएकाे थियाे । उनकाे निधनकाे शाेकमा आइतबार गाउँपालिकाले सार्वजनिक विदा समेत दिएकाे थियाे । 

शोक सभामा वडा नम्बर १ का वडाध्यक्ष बिनोद मेहता, वडा नम्बर ४ का वअध्यक्ष ढेडी यादव, प्रशासन प्रमुख हरिमोहन महतो, योजना शाखाका सहायक संदिप साह लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...