Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

एल.एस. न्युराेकाे सहयाेगमा नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली सेनाकाे आयाेजनामा बाराकाे सिम्राैनगढमा बृहत नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न भएकाे छ । सिम्रोनगढस्थित कन्कालीमाई विद्यालयमा भएकाे शिविरमा १ हजार २५ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

नेपाली सेना श्री मध्य पुर्वी पृतना हेड्क्वाटरको मार्गनिर्देशन, श्री २८ नम्बर बाहिनी अड्डाको पहल र श्री ज्वालदल गण बाराको  संयोजकत्व तथा एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा. लि.को सहयोगमा बृहत शिविर सम्पन्न भएको हाे ।

शिविरमा बिरामीहरुलाई नि:शुल्क औषधि समेत बितरण  गरिएको श्री ज्वालदल गण का सेनानी कृष्ण कुमार श्रेष्ठले जनकारी दिए ।

एल. एस. न्युराे हस्पिटलका बरिष्ठ फिजिसियन डाक्टर अजय गुप्ता, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. एनि पाण्डे, डा. तरनुम अफरोज, मेडिकल अफिसर डा.आमिर हुसेन डा. मनोहर हवारी  गुप्ता, साबित्रा आधिकारी लगायतकाको टोलीले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरकाे उदघाटन नेपाली सेनाका मध्य पुर्बी पृतना हेड्क्वाटरको पृतनापति उपरथि प्रेम ध्वज अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...