Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुर गाउँपालिकामा आज शोक विदा

spot_img
spot_img

वीरगंज । कर्मचारी निधन भएकाे शाेकमा पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाले आज (आइतबार) शाेक विदा दिएकाे छ । कार्यालय सहयोगि पदमा कार्यरत कर्मचारी कलावती देवी धानुककाे निधन भएकाे शाेकमा गाउँपालिकाकाले विदा दिएकाे हाे ।

कर्मचारी निधन भएकाे शाेकमा आज गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरु साथै यस गाउँपालिका अन्तर्गत रहेका कार्यालयहरु समेत बन्द रहने गाउँपालिकाका प्रशासन प्रमुख हरि माेहन महताेले जानकारी दिए ।

गाउँपालिकाकाे कार्यालय सहयाेगी धानुककाे शनिबार अल्पायुमै निधन भएको थियाे । उनकै असमायिक निधन भएकाेमा गाउँपालिकाले दुःखद व्यक्त गर्दै परिवारजनप्रति समवेदना समेत व्यक्त गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...