Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा प्रदेश सांसद क्षेत्रीद्वारा प्रयाेगशालाकाे उदघाटन

spot_img
spot_img

वीरगंज । प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीमा रहेको पोखरीको जग्गामा पार्क निमार्ण गराउने प्रतिबद्धता जनाएका छन् । पर्सा क्षेत्र ३ काे २ बाट निर्वाचित प्रदेश सभा सदस्य क्षेत्रीले पकहाँ मैनपुर गाउँपालिकामा जनस्वास्थ्य प्रयाेगशालाकाे उदघाटन गर्दै साे प्रतिवद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका क्षेत्रीले पकहाँ मैनपुरको अस्पताल १५ बेडको स्तारोतरी गर्नका लागि पनि केन्द्र तथा प्रदेशबाट बजेट बिनियोजन गराउन कुनै कसर वाकी नराख्ने वताए ।

उदघाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य क्षेत्रीले पालिकाले कृर्षी, उन्नतजातका बाख्रा पालन, गाईपालन, भैंसी पालन जस्ता कार्यक्रममा फडको मार्न आग्रह गरे । उनले शिक्षालाई पनि बालविकास, नर्सरी देखी नै अंग्रेजी माध्यमबाट पढाउन पहलकदमी अगाडी बढाउन आग्रह गरे ।

उनले पोखरीयामा जिल्ला स्तरिय खेल मैदानका लागि पनि आफ्नो बजेट बिनियोजन गर्ने बताए । क्षेत्रीले पकहाँ मैनपुर गाउँपालिकालाई पर्सामा नमुनाको रुपमा पालिका बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले भने “जसरी पर्सामा चुनावको बेला एकत्रित भई १४ पालिका मध्ये कांग्रेसका लागि नमुना पालिका बनेकाे छ । त्यसरी नै विकासको मामलामा नमुना बन्नुस् ।”

गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षमा भएको उदघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सरफुन नेशा, १ देखी ५ का वडाध्यक्षहरु, नेपाल ट्रेड युनियन तथा कांग्रेसका नेता लक्ष्मण कुर्मी, पुर्व महाधिवेश प्रतिनिधी मनोज यादव, नसुरुल्ला मियाँ, गाउँपालिका स्वास्थ्य संयोजक संजय कम्मकर, पकहाँ मैनपुर स्वास्थ्य ईन्चार्ज रामनाथ महतो लगायतकाले शुभकामना मन्तब्य राखेका थिए भन्ने कार्यक्रमकाे संचालन सोही पालिकाका समाजसेवी अनिल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...