Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वासुगौली गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

spot_img
spot_img

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका दुई वटा वडा पूर्ण खोपयुक्त घोषणा भएसँगै पालिका पूर्ण खोपयुक्त घोषणा भएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय रामपुरको प्राङ्गनमा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । 

‘स्थानीय स्वामीत्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । वडा नम्बर २, ४ र ५ लाई गत आर्थिक वर्षमै घोषणा गरिएको थियो भने बाँकी रहेका वडा नम्बर १ र ३ सँगै पालिकालाई बिहिवार घोषणा गरिएको पटेर्वासुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना वि.क.ले जानकारी दिइन् । 

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले नेपाल सरकारले सूचिकृत गरेका सबै किसिमका खोपहरु पालिकामै लगाइने बताए । खोप नलगाएकै कारण कोही पनि बालबालिकाको स्वास्थ्यमा खराबी नआउने चौधरीको दावी छ । स्वास्थ्यका क्षेत्रमा पालिकाले प्राथमिकताका साथ काम गरीरहेको बताउँदै उनले आगामी आर्थिक वर्षमा पनि स्वास्थ्य सम्बन्धी जनमुखी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साह, स्वास्थ्य निरीक्षक जयमोद ठाकुर, गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडाअध्यक्षहरु फरमान मियाँ अन्सारी, बिजय गैह्रे, माधव राउत थारु, बासु पंजियार, विपिन मुखिया बिन लगायत जनप्रतिनिधि एवम् कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाका स्वास्थ्य शखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए । 
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...