Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार सम्पन्न भएकाे छ । बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने, संसदबाट दुई पटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेकाे जसपाका केन्द्रिय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पुनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने र बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय गरेकाे उनले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...