Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज । स्रोत नखुलेको ठूलो रकमसहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् ।

विन्दवासिनी–५ को प्रसौनीभाठाबाट पूल हुँदै वीरगंज तर्फ आउँदै गरेको वीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी प्रसौनीभाटाबाट खटेको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि बसेका गुप्ताले बोकेको झोलाबाट एक हजार दरको ८०० थान नोट र पाँच सय दरको ८०० थान नोट गरी कूल बाह्र लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार गुप्ता र आलमले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक वीरगंज र आसपासका क्षेत्रमा नक्कली नेपाली नोट भेटिन थालेको अवस्थामा स्रोत नखुलेको यत्रो ठूलो रकम बरामद हुनुले थप शङ्का उत्पन्न गरेको छ ।

डिएपी गिरीले गुप्ता र आलमसहित उनीहरु सवार मोटरसाइकल र रकमलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंक ऐन २०५८ विरुद्धको कसूरमा पर्सा जिल्लाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

यसअघि केहि दिन अगाडि पर्सा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा...

कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच झडप, ५–६ जना घाइते

कलैया । बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् । कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच...