Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026

रेडक्रस उपशाखा धाेरेकाे भवन उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा साेमबार नेपाल रेडक्रस सोसाईटी उपशाखाको भवन उदघाटन भएको छ । एक कार्यक्रमकाे बिच पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले रेडक्रसकाे भवन उदघाटन गरेका हुन् ।

भवन उदघाटन गर्दै गाउँपालिका अध्यक्ष मेहताले भवन निर्माणले समाजिक कार्य गर्दै आएकाे रेडक्रस उपशाखा धाेरेकाे कार्यालय संचालनमा रहज हुने वताए । उनले अब रेडक्रस उपशाखा धाेरेले कार्यालय व्यवस्थापना गर्दै समाजिक कार्यमा अझै सक्रिय हुनु पर्ने वताए । 

रेडक्रस उपशाखा धाेरेका उपसभापति त्रिलाेकी पाण्डेको अध्यक्षतामा भएको उदघाटन समारोहमा गाउँपालिकाअध्यक्ष मेहतालाई धोरे उपशाखाले दोसाला ओढाई सम्मान समेत गरेकाे थियाे । साेही कार्यक्रममा रेडक्रस सोसाईटी शाखा कार्यालय पर्साकी मधु राणाले धोरे उपशाखा संचालनका लागी रु १० हजारको चेक पनि हस्तान्तरण गरेकी थिइन ।

उदघाटन समारोहमा जिल्ला शाखाका महामन्त्री शैलेन्द्र चौरसिया, पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष संजय चौहान, वडा नम्बर ४ का वडाध्यक्ष ढेडी यादव, प्रमुख प्रशासकीय अधिकृत राज कुश्वाहा, लेखापाल निरन्जन पटेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष मेहताद्वारा जग्गा दान

गाउँपालिका अध्यक्ष सुरेश मेहताले नवनिर्मित भवनको लागि जग्गा दान गरेका थिए । साथै उनले भवन निर्माणकाे लागि गाउँपालिकाकाे आर्थिक बर्ष २०७९।०८० को बजेटबाट रु १५ लाख रकम बिनियोजन गराएका थिए ।

साेही रकमले २ वटा कोठा, १ वटा हाल र शौचालय सहित सुबिधा सम्पन भवन निर्माणकाे भएकाे रेडक्रस उपशाखा धाेरेका उपसभापति त्रिलाेकी पाण्डेले वताए ।

रक्तदान कार्यक्रम सम्पन्न 

बिश्व रेडक्रस दिवसको उपलक्षयमा नवनिर्मित रेडक्रस कै भवनमा साेमबार रक्तदान कार्यक्रम पनि सम्पन भएको छ ।

कार्यक्रममा अजय मेहता, बिजय मेहता, अनिल कुमार कुश्वाहा, राजबाबु मेहता, भवन सहनी, धिरज बर्णवाल, दिपेन्द कुश्वाहा, राजकुमार प्रसाद कोईरी, शिवनाथ दास र ओमप्रकास मेहता लगायत १० जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...