Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

नागरिकता विधेयक अगाडि बढाउन सांसद यादवको माग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले नागरिकता विधेयक अगाडि बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले नागरिकता विहीनहरूको पीडा अरुले महसुस गर्न नसकेको भन्दै विधेयकलाई अगाडि बढाएर उनीहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

‘नागरिका विहिनहरुको पिडा उनीहरुलाई मात्र थाह होला । बुवा र आमा नेपाली नागरिक तर सन्तान अनागरिक भएका छन् । कुन कानूनले अनागरिक बनाएको छ ?,’ उनले प्रश्न गरे,

संविधानमा स्पष्ट रुपमा आमा बुवाका नेपाली नागरिक भएको खण्डमा सन्तानलाई पनि वंशजको नेपाली नागरिकता दिनुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वराष्ट्रपतिले नागरिकता विधेयकलाई होल्डमा राखेर अन्याय गरेको यादवको भनाई थियो ।

सांसदले दुई पटकसम्म पूर्व राष्ट्रपति समक्ष नागरिकता विधेयक पास नगरी होल्ड गरेको बताउँदै उनले भने, ‘एक पटक होइन । दुई-दुई पटकसम्म नागरिक विधेयक संसदद्वारा पास गरेर पठाउँदा तत्कालिन राष्ट्रपतिले होल्डमा राख्नुभयो । प्रमाणीकरण गर्नुभएन,’ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले भने, ‘की त संसदलाई फिर्ता पठाउनु पर्थ्यो तर उहाँले होल्डमा राखेर संसदलाई जानकारी पनि गराउनु भएन । आफैसँग राख्नुभयो ।’

नागरिकता विधेयक अहिलेपनि राष्ट्रपति कार्यालयमै भएको कारण वर्तमान राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेर नागरिकता विहिनलाई न्याय दिनुपर्नेमा उनले जोड दिए ।

यसअघि संसद्‍ले दुई-दुई पटकसम्म नागरिकता विधेयक पास गरिसक्दा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिँदा विधेयक अगाडि बढ्न सकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....