Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मुक्त हरवाचरवाकाे सवाल सम्बोधनको माग गर्दे गाउँपालिकामा ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका पालिका स्तरिय हारवाचारवा अधिकार मंचले आइतबार ७ बुदे मांग राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । हारवाचारवा अधिकार मंच पर्साकी कोषाध्यक्ष शोभा देवी राम तथा पालिका अध्यक्ष खुबलाल रामको अगुवाईमा दर्जनौ महिला तथा पुरुषहरुले पकहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहालाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै अधिकृत कुश्वाहाले यो समस्या देश भरीको भएकोले हामी आफनो पालिकाको लागी रायसल्लाह गरी समस्या सामाधान गर्ने बताए । ७ बुद्धे मांगलाई कुश्वाहाले अगामी आर्थिक बर्षको निती, कार्यक्रम र बजेटमा समेटन प्रयास गर्ने वताए ।

संघ र प्रदेश सरकार संगको समन्वयमा स्थानिय सरकारद्वारा मुक्त हरवाचारवाको वास्तविक तथ्यांक संकल्न गरी उनिहरुलाई बर्गीकृत परिचय पत्र प्रदान गर्न, मुक्त हरवाचारवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न र लैगिंक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गर्न, मुक्त घोषित मुक्त हरवाचारवाको सम्मपुर्ण शान्ति सुरक्षाको ब्यवस्था गर्न हरवाचरवा अधिकार मंचले माग गरेकाे छ ।

यसैगरी मंचले दिगो पुर्नस्थापना योजना जारी कार्यान्वयन गर्न र मुक्त हरवाचारवाको भुमी, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नुका साथै महिला र बालबालिकाको अधिकारलाई प्रर्याप्त रुपमा सम्बोद्धन गर्न, सरकारका सबै नितीगत, निर्णय गर्ने तहहरुमा मुक्त हरवचारवाहरुको सामुनिपातीक र अर्थपुर्ण आवाज र प्रतिनिधीत्व सुनिश्चित गर्न, आगामी आर्थिक बर्षको निती, कार्यक्रम र बजेटमा हरवाचारवाको पक्षमा निती, कार्यक्रम र बजेट बिनियोजन गर्न लगायतकाे माग गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...