Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

मधेश प्रदेशमै पहिलो परवानीपुरमा खुल्यो वाटर पार्क

spot_img
spot_img

वीरगंज । देशकै प्रतिष्ठित व्यापारिक घराना चाचान समूहले मधेश प्रदेशमै पहिलो वाटर पार्क संचालनमा ल्याएको छ । बाराको परवानीपुरमा शुक्रबारबाट ‘थ्रिल वाटर पार्क’ सञ्चालनमा ल्याइएको हो ।

शिथिल अर्थतन्त्र र खस्कँदो व्यापार व्यवसायको ओरालो यात्राको निरासाजनक आँकडा सञ्चार भइरहँदा चाचान समूह भने वीरगंजमा नयाँ र फरक उद्यममा हात हालिरहेको छ । चाचान समूहले गरेको नयाँ उद्यमले अरुलाई पनि उत्साहको सञ्चार गरेको छ कि चाचान समूहले सम्भावना देखाएको छ र व्यवसाय गर्न अझै उद्योगी घरानाहरु इच्छुक छन्, सक्रिय छन्, नयाँ उद्यमका लागि वीरगंज क्षेत्र उर्वर भूमिकै रुपमा स्थापित पनि छ ।

पार्क सञ्चालनमा आएपपछ मनोरञ्जन तथा घुमघामका लागि अब वीरगंज बाहिर जानु पर्ने बाध्यता पनि हटेको छ । सुविधासम्पनन थ्रिल वाटर पार्क नयाँ आकर्षणसहित सञ्चालनमा आएपछि यसले मधेश प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा, बागमती प्रदेशको नारायणगढ र हेटौँडा तथा सीमाका भारतीय बजारका सर्वसाधारणलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

परिवारसहित कतै घुमेर, आनन्द लिएर बस्नका लागि वाटर थ्रिल पार्क भरपर्दो, व्यवस्थित र सुरक्षित गन्तव्य बन्न सक्ने अनुमान लगानीकर्ताको पनि छ ।

बजारको माग अनुसार लगानी
‘समय लगानीमैत्री वातावरणको छैन, यद्यपि हामी बजारको नयाँ माग र चाहनालाई अध्ययन गरेर लगानी गरिरहेका छौँ,’ शुक्रबार चाचान समूहका कार्यकारी अध्यक्ष बाबुलाल चाचानले पार्क उद्घाटन गर्दै भने, ‘नयाँ पुराना सबै पुस्ताको एउटै आकर्षण र गन्तव्य हुनसक्ने थ्रिल वाटर पार्क सञ्चालनमा ल्याएका छौँ । यसले थोरै भए पनि रोजगारी पनि सिर्जना गर्दछ ।’

थ्रिल वाटर पार्कमा ७ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

पार्कका सुविधाहरुः
वाटर स्लाइड स्विमिङ, ज्याउजी वाटर मसाज, वेव पुल, रेन डान्स, स्विमिङ पुल, अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्टसहित नेपालमै पहिलो पटक ४० फिटको ट्रक डोर स्लाइप सुविधा पार्कमा उपलब्ध गराएका छौँ : निखिल चाचान, सञ्चालक, थ्रिल वाटर पार्क

‘बालबालिका, महिला, पुरुष सबैका लागि पारिवारिक वातावरणमा मनोरञ्जनपूर्ण स्थलका रुपमा वाटर पार्क सञ्चालनको तयारी गरेका हौँ,’ सञ्चालक चाचाले भने, ‘आवश्यक सम्पूर्ण सुविधा एकै स्थानमा मिलाएका छौँ ।’

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ मा स्थापना गरिएको पार्कमा वीरगंजसहित सिमरा, जीतपुर, हेटौँडा, रौतहटसहित भारतको रक्सौल, मोतिहारी, बेतियाका बासिन्दा आएर भरपुर मनोरञ्जन लिन सक्ने छन् ।

आठ महिनाअघि चाचान समूहद्वारा स्थापना गरिएको थ्रिल फ्याक्ट्रीमा २३ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् ।

प्रदेशकै पहिलो वाटर पार्क
परवानीपुरमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको ‘थ्रिल वाटर पार्क’ मधेश प्रदेशकै पहिलो वाटर पार्क हो । सञ्चालक निखिल चाचानले भने, ‘काठमाडौं, चितवन, भक्तपुरबाहेक मधेश प्रदेशमै पहिलो वाटर पार्क सञ्चालनमा ल्याएका छौँ ।’

बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘थ्रिल वाटर पार्क’ मा पानीको फोहोराले मसाज गर्ने ‘ज्याक उ पुल’ सेवा उपलब्ध छ । यस्तै, समुन्द्रको जस्तो छाल आउने ‘वेभ पुल’, ‘रेन डान्स’, ‘ट्याप डूर स्लाइड’ का साथै रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको सञ्चालक चाचानले बताए ।

कति छ शुल्क ?
वाटर पार्कमा बालबालिकाका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ, वयष्कका लागि प्रति व्यक्ति ७ सय रुपैयाँ शुल्क तोकिएको छ । ‘थ्रिल वाटर पार्क ’मा २२ जनाले रोजगारी पाएका छन् ।

मन्दीमा उत्साहित
देश आर्थिक मन्दीको सिकार भएको छ । शिथिल अर्थतन्त्रका बहसले सरकार, समाज र सामाजिक सञ्जाल भरिभराउ छ । आर्थिक उन्नयन कसरी गर्ने ? सबैको चिन्ता छ । व्यवसायी, उद्योगी पलायनको सिकार भइरहेका छन् ।

यस्तो अवस्था आठ महिनाका अवधिमा चाचान समूहले दुई वटा उद्योग सञ्चालनमा ल्याएर निरासा मात्रै छैन सम्भावना पनि छ र आफैँले त्यसका लागि पहल गर्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।

सञ्चालक निखिल चाचानले भने, ‘आठमहिना पहिले ‘थ्रिल फयाक्ट्री’ सञ्चालनमा ल्यायौँ, त्यसको कारोबारबाट उत्साहित भयौँ । र, ‘वाटर पार्क’ सञ्चालनमा ल्याएका हौँ । हामीले अध्ययन गरेर नै लगानी गरेका हौँ ।’

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...