Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले झन्डै पाँच लाख रुपैयाँ बराबर नक्कली नेपाली नोट र दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरुलाई वीरगञ्ज-१६ स्थित चालिसफिट्टे सडकखण्डबाट सक्रिपियो गाडीसहित नियन्त्रणमा लिएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीकाअनुसार केही व्यक्ति नक्कली नेपाली नोटसहित भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियाे । सोही क्रममा भारत तर्फबाट  वीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली र सक्कली नोट बरामद भयो ।

सिंह र साहको साथबाट प्रहरीले १००० रुपैयाँ दरको ४८६ थान गरी चार लाख ८६ हजार रुपैयाँको नक्कली नेपाली नोट र १००० रुपैयाँ दरकै २०० थान गरी दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

हालसम्म गरेको अनुसन्धानअनुसार नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको डिएसपी बुढाथोकीले बताए । ‘पक्राउ परेकाहरुसँग सोधपुछका आधारमा नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको हामीले पाएका छौँ,’ उनले भने”

पक्राउ परेकाहरुविरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...