Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित भारतिय नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ता र जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई पक्राउ गरेकाे हाे ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट आइतबार दिउसाे ३:३० बजे बिनोद कुमार गुप्तालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।  

प्रहरीका अनुसार भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको गुप्तालाई रोकी कानूनी रीतपुर्‍याई जाँच गर्दा गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५ सय दरको नोट-३६३ थान रु.२ सयको नोट-१३ थान, रु.१ सय दरको नोट-१ सय ४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा रु दुई लाख फेला परेको  हाे ।

यसैगरी, प्रहरीले वीरगंज महानगरपालिका कै वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट अमित कुमार सिंहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाटै खटिएको संयुक्त चेकिङ टोली साेमबार राती ९ बजेको समयमा वीरगंजबाट रक्सौलतर्फ संकास्पद रूपमा हिडिँरहेका सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट रु ३ लाख ७५ हजार बरामद गरेकाे उनले वताए ।

पक्राउ परेका सिंहकाे साथबाट रु.२ सय दरका नोट-२१ थान, रू.५ सय दरको नोट-६४४ थान रू.२ सय दरको नोट-३३ थान रु.१०० दरको नोट-४५ थान र रू.५० दरको नोट-१४ थान गरी फेला परेकाे प्रवक्ता बुढाथाेकीले जानकारी गराए । 

 दुबै जनालाई बरामद रकमकाे साथमा राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइसकिएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...