Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

कानु समाज पर्साको अधिवेशन जेठ १५ गते पोखरियामा हुने

spot_img
spot_img

वीरगंज । कानु समाज नेपाल पर्साको जिल्ला अधिवेशन आगामी जेठ १५ गते हुने भएको छ । जेठ १५ गते जिल्ला अधिवेशन पोखरीयामा गर्ने निर्णय गरिएको कानु समाज पोखरिया नगर कार्यसमितिका कोषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।

सोमबार पोखरीयामा बसेको कानु समाजको जिल्ला र नगरकार्य समितिको बैठकले जेठ १५ गते पोखरिया ४ मा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उनले बताए । कानु समाज पर्साका अध्यक्ष रामबाबु साह कानुको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशनका लागि जिल्लाका १४ वटै पालिकाका हरेक वडामा विभिन्न माध्यमबाट जिल्ला अधिवेशनका बारेमा जानकारी गराउन प्रचार प्रसार गर्ने निर्णय पनि गरेको कानुले जानकारी दिए ।

सोमबारको बैठकमा जिल्ला उपाध्यक्ष प्रवेन्द्र साह कानु, सचिव वीरेन्द्र साह कानु, कोषाध्यक्ष शीवनाथ साह कानु, पोखरिया नगर कार्य समितिका अध्यक्ष लक्ष्मण साह कानु, सचिव मुखी साह कानु, कोषाध्यक्ष शैलेश साह कानु लगायतको पनि सहभागीता थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...