Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

होल्डीङ सेन्टरको सांसद यादव र मेयर सिंहद्वारा अनुगमन

spot_img
spot_img

वीरगंज । प्रयोगबिहिन होल्डीङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन् । 

वीरगञ्जको भन्सार क्षेत्रमा निर्मित होल्डीङ सेन्टरको स्थलगत अनुगमनका क्रममा सांसद यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहिन अवस्थामा राख्न नहुने बताए । 

कोभिड-१९ को महामारीका समयमा भारतबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने यात्रुहरुलाई चेकजाँच तथा क्वारेन्टिनलगायतका कार्यका लागि निर्माण गरिएका संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले बताए । 

उनले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धीत निकायसँग समन्वय गर्नेछु ।’ 

नेपाली सेनाले निर्माण गरेको होल्डीङ सेन्टरको उपयोगका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अनुगमन टोलीमा सहभागी रहेका प्रमुख सिंहकाअनुसार महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...