Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजमा ओलीको पुत्ला दहन

spot_img
spot_img

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै वीरगंजमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । राजावादी समूह नेपाल राष्ट्रवाद सङ्घले साेमबार दिउसाे वीरगंजकाे घण्टाघरमा उनकाे पुत्ला दहन गरेको हो ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले राजसंस्था र पूर्व राजासहित राजपरिवारसमेत प्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेर सार्वजनिक अभिव्यक्ति दिँदा राजसंस्थको अपमान र राजपरिवारसंग दुर्व्यवहार भएकोले पुत्ला दहन गरिएको सङ्घका अध्यक्ष जनकलाल साहले बताए ।

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला ओलीमाथि आक्रमणको प्रयास भएपछि उनले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आक्रमण राजसंस्था र पूर्व राजपरिवारका व्याक्तिहरुको संलग्नता भएको अभिव्यक्ति दिएका थिए ।

त्यहि अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै वीरगंजमा सोमबार ओलीविरुद्ध प्रदर्शन र नाराबाजी गर्दै पुत्ला जलाएर विराेध प्रर्दशन भएकाे हाे । प्रदर्शनमा सङ्घका पृथ्वी झा, शम्भु चौरसिया, उमाशङ्कर प्रसाद, राजेश प्रसाद चौहान, राजेन्द्र पाल, वीरेन्द्र थापालगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...