Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ओमचाओ विरू फिडमा लडेर घाइते मजदुरकाे उपचारमा लापरवाही

spot_img
spot_img

वीरगंज । रुङ्गटा वेलफेयर सोसाइटी नामक संस्था मार्फत वर्षेनी लाखौँ खर्च गर्ने रुङ्गटा समूहले आफ्नै श्रमिकलाई अस्पतालको शय्यामा अपत्र छाडेको छ । 

लगभग एक महिना अगाडि चैते छठको पूर्वसन्ध्यामा रुङ्गटा ग्रुपद्वारा सञ्चालित परवानीपुर -४ स्थित ओमचाओ विरू फिड उद्योग प्रा.लि. मा कार्यरत पर्सागढी –७ फूलवारी टोल निवासी ज्ञानेन्द्र सहनी उद्योगको छतबाट लडेर दुर्घटनामा परे । भारी सामान बोकेर भर्‍याङ चढीरहँदा ७ तल्ला जतिको उँचाईबाट लडेर घाइते भएका उनको हाल वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार चलिरहेको छ ।

सामाजिक कार्य मार्फत राष्ट्रको गौरव एवम् जनताको हितमा पुर्‍याएको योगदानका लागि नेपाली नयाँ वर्षका दिन सुप्रबल जनसेवाश्री तृतिय श्रेणीबाट मुरलीधर रुङ्गटा विभूषित भइरहँदा उनले स्थापना गरेको रुङ्गटा ग्रुपद्वारा सञ्चालित एक उद्योगमा काम गर्दागर्दै घाइते मजदूर अस्पतालको शय्यामा जीवन मृत्युसँग लडिरहेका थिए । 

बाहिर समाज हितको लागि काम गर्दै राष्ट्रपतिबाट विभूषित भएका उनले सञ्चालन गरेको उद्योगमा काम गर्दागर्दै घाइते भएका मजदूर पैसाको अभावमा उपचारका लागि छट्पटाउनु गम्भीर विषय हो । रुङ्गटा समूहले देखाउने र गर्ने काममाथि पनि यसले एउटा ठूलो प्रश्न चिन्ह खडा भएको छ ।  

रिडको हड्डी, घाँटी पछाडि पट्टिको भाग, टाउको र खुट्टामा गम्भीर चोट लागेर सवा महिनादेखि अस्पतालको शय्यामा रहेका श्रमिकलाई अझै कति दिनसम्म अस्पतालमा बस्नुपर्ने भन्ने निश्चय छैन । सामान्य हिँडडुल गर्न पनि नसक्ने भएका उनको दुई वर्षीय छोरी छिन् भने पत्नी हिरामति देवी ७ महिने गर्भवती छिन् । सम्पतिको नाममा परिवारसँग रहेको पाँच कट्ठा खेत साहुकोमा राखेर छोराको उपचारका लागि उनका बुवा अमरदेव सहनीले थोरै ऋण उठाएका छन् ।

नेशनल मेडिकल कलेजका ब्रेन एण्ड स्पाइन सर्जन डा. मोहम्मद सफरोज अन्सारीका अनुसार हालसम्म ज्ञानेन्द्रको घाँटी र खुट्टाको गरेर दुई वटा शल्यक्रिया भएको छ । जसमा साढे ३ लाख जती खर्च भएको अमरदेवले बताए । औषधी लगायतमा थप २ लाख रुपैयाँ लागिसकेको उनि बताउँछन् । पैसा अभावका कारण आइतबार हुनुपर्ने खुट्टाको अर्को शल्यक्रिया सारिएको छ ।

समयमा शल्यक्रिया नहुँदा पतीलाई केहि हुने हो की हिरामतीलाई डर छ । छोरी र आउने सन्तानको भविष्यको चिन्ताले उनलाई पिरोली रहेको छ । 

काम गर्दागर्दै दुर्घटना भएको कारण ज्ञानेन्द्रको सम्पूर्ण उपचार खर्च उद्योगले व्यहोर्नु पर्ने समाजसेवी चन्दन मिश्र बताउँछन् । ‘उद्योगमा काम गर्ने क्रममा कुनै किसिमको दुर्घटना हुँदा त्यसको जिम्मा उद्योगले लिनुपर्छ,’ मिश्रले भने, ‘तर यहाँ उद्योग पन्छीएको देखियो । परिवारलाई थोरै रकम दिएर आफ्नो जिम्मेवारीबाट भाग्न खोज्दै छ । उपचार चलेसम्मको सबै खर्च उद्योगले नै व्यहोर्ने हो ।’

ज्ञानेन्द्रका बुवा अमरेदेवले पनि उद्योगले छोराको उपचारमा लाग्ने खर्च मात्र दिए पुग्ने बताए । ‘मेरो हातमा ल्याएर पैसा दिनुपरेन । उद्योगले आफै अस्पतालमा आएर लाग्ने रकम तिरिदिए हुन्छ । मेरो छोरा सकुशल होस् भन्ने मात्र मेरो चाहना हो,’ उनले भने

मिश्रकाअनुसार उद्योगले मजदूरहरुको विमा पनि गराएको छैन । उनले थपे, ‘श्रम ऐनबमोजिम उद्योगका मजदूर र श्रमिकको स्वास्थ्य र दुर्घटना विमा गराउनु पर्छ । यहाँ उद्योगले त्यस्तो गराएको देखिँदैन । त्यसमाथि उद्योग मजदूरको सुरक्षाको दृष्टिकोणले पनि मापदण्डअनुसार नभएको हामीलाई गुनासो आएको छ ।’

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुदीन अनुसारसँग पैसाको कारण ज्ञानेन्द्रको उपचार नरोक्न आफूले पहल पनि गरेको मिश्रले जानकारी दिए । उनले चन्दा उठाएर भएपनि ज्ञानेन्द्रको उपचार गराउने बताए ।

आज अन्तराष्ट्रिय श्रमिक दिवसका दिन देशका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले श्रमिकको अधिकार, सुरक्षा र भविष्यको बारेमा बोलिरहँदा एकजना गरिव परिवारका श्रमिक जीवनमृत्युको लडाई लडिरहेका छन् । उनको आवाज सुनुदिने, हकअधिकार र सुरक्षाको लागि बोलिदिने आज कोहीपनि छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...