Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालय र शिक्षकहरुकाे समस्या समाधानकाे माग गर्दै शिक्षकहरु आन्दाेलित भएका हुन् । 

गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय र शिक्षकहरुकाे समस्या समाधान लागि पटक पटक गाउँपालिकाकाे ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाकाले कुनै चासाे नदेखाएकाे भन्दै आन्दाेलित भएका शिक्षकहरु आइतबार गाउँ कार्यापलिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए । पछि गाउँपालिका अध्यक्ष मनाेज गुप्ताले शिक्षहरुकाे माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेकाे जनाइएकाे छ । 

गाउँपालिका अन्तर्गतका सम्पर्ण शिक्षकहरुकाे तलब भत्ता र पाेसाककाे रकम अबिलम्ब व्यवस्था गर्न, सम्पूर्ण विद्यालयहरुमा माघ महिनामा संचालन भएकाे दिवा खाजा खर्च रकम यथासिघ्र फर्छाैट गर्न, नयाँ शैक्षिक सत्र २०८० देखि नियमित दिवा खाजा कार्यक्रम संचालनकाे लागि अबिलम्ब व्यवस्था मिलाउन, मावि स्वयम् सेवक शिक्षकहरुकाे तलब भत्ताकाे व्यवस्था गरि २०८० बैशाखदेखि म्याद थप गर्न शिक्षकहरुले माग रहेकाे छ ।

साथै १० प्लस २ र प्राविधिक धारका (कम्युटर इन्जिनियरिङ) कक्षा संचालनका लागि आर्थिक सहयाेग र शिक्षक व्यवस्था गर्न, विद्यालयमा जान वाकी रहेका सम्पूर्ण निकासा रकमहरु यथासिघ्र विद्यालयकाे खाता पठाएर बजेट कार्यन्वयन गर्न, राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता संचालन गरी सम्पन्न गर्न व्वस्था मिलाउन, विद्यार्थी संख्याकाे आधारमा र अपग्रेडिङ गरिएकाे विद्यालयमा आवश्यक पुर्वधार र शिक्षककाे व्यवस्था गर्न लगायतकाे माग गर्दै आफुहरु आन्दाेलित भएकाे नेपाल शिक्षक संघका अध्यक्ष सुरेश साहले वताए ।

नेपाल शिक्षक महासंघ छिपहरमाई गाउँपालिकाकाे अगुवाईमा भएकाे तालबन्दीकाे कार्यक्रममा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र समाजवादी शिक्षक संगठनहरुकाे पनि एकवद्धता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...