Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

बाराकाे इतिहासमा शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ : पूर्वमन्त्री यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा कुनै किसिमको धाँधली नभएको दावी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केहि दिन अगाडि संसद्मा बारा-२ मा सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनद्वारा धाँधली गरिएको भनी लगाएको आरोपलाई खण्डन गर्दै सांसद् यादवले कुनै किसिमको धाँधली नभएको दावी गरे ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका सांसद् यादवले बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन सम्पन्न नभएको बताउँदै भने, ‘अघिल्लो सदनको बैठकमा एकजना मनानानियाज्यूले बारा-२ को निर्वाचनमा धाँधली भयो, बुथ कब्जा भयो, फर्जी मतपत्र बाँडीयो, फर्जी भोट खसाइयो जस्तो आरोप लगाउनु भएको छ । बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन कहिल्यै भएको थिएन् । विश्वास नलगाए बारा जिल्लाको जनतालाई सोधे हुन्छ । त्यहाँका जनता खुशी छन् ।’

जनमतका अध्यक्ष डा. राउतलाई लक्षित गर्दै उनले हार स्विकार गर्न नसकेपछि बाहिर आएर नाटक गरेको भनेर टिप्पणी पनि गरे । यादवले भने, ‘केही जना पार्टीका मानानानिय जीले बाहिर नाटक गर्ने, ड्रामा गर्ने र चुनावमा धाँधली भयो, सरकारले प्रहरीको बल प्रयोग गर्‍यो र बुथ कब्जा गरेको जस्तो जुन आरोप लगाउनु भएको छ त्यो सबै बेबुनियाद र झुठो हो ।’

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारले हार स्वीकार गरेर निष्पक्ष चुनाव भएको बताइरहँदा डा. राउत हारेर पनि हार स्विकार गर्न पक्षमा नरहेको उनले बताए । उनले जसपा र नेपाली कांग्रेसको बढी मतदाता भएको बुथमा जनमत पार्टीले रौतहटबाट पार्टीका कार्यकर्ता ल्याएर बुथमा हल्ला गर्ने र बुथ कब्जाको हल्ला चलाए आरोप लगाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...