Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

लागू औषध खैरो हिरोइनसहित १ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले भारत गोरखपुर खजुरी ग्राम पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाठीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको अधारमा खटिएकाे प्रहरी टाेलीले बिहिबार बिहान १०:०० बजेको समयमा बाराकाे जितपुरसिमारा उपमहानगरपालिकाकाे वडा नं. २१ अमलेखगंज स्थित त्रिभुवन राजमार्गबाट त्रिपाठीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना.१.ज. २०८६ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार त्रिपाठीले आफ्नो दुबै खुट्टामा २/२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन दुई सय ग्राम ईलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए । 

साथै उक्त ना.१.ज.२०८६ न. को टाटा सुमो तथा सोका चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भई रहेको प्रहरीले जनाएकाे छ ।                 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...