Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागू औषध खैरो हिरोइनसहित १ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले भारत गोरखपुर खजुरी ग्राम पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाठीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको अधारमा खटिएकाे प्रहरी टाेलीले बिहिबार बिहान १०:०० बजेको समयमा बाराकाे जितपुरसिमारा उपमहानगरपालिकाकाे वडा नं. २१ अमलेखगंज स्थित त्रिभुवन राजमार्गबाट त्रिपाठीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना.१.ज. २०८६ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार त्रिपाठीले आफ्नो दुबै खुट्टामा २/२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन दुई सय ग्राम ईलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए । 

साथै उक्त ना.१.ज.२०८६ न. को टाटा सुमो तथा सोका चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भई रहेको प्रहरीले जनाएकाे छ ।                 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...