Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

अपहरण गरी फिरौती माग्ने दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ बर्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो भन्ने हिरामन महतोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थित रक्सी भट्टी पसलमा लगि ८/९ जना मिलेर गत बैशाख ९ गते अपहरण गरेका थिए ।

महतोलाई अपहरण गरि कोठा भित्र बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्दै अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैया माग गरेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका महतोलाई सर्लाहीको बलराबाट भारत तर्फ लैजान लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बलरा नगरपालिका–३ स्थित नेपाल भारतको सीमाबाट अपहरणकारीमध्ये दुई जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए ।

पीडितको उद्धार गरिएको तथा पक्राउ परेका दुबै जनालाई अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरी अदालतबाट म्याद गराई कारवाही प्रक्रिया अघि बढाइएको एसपी मगरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...