Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

बर्दी नलगाउने प्रहरी : दर्जा हबल्दार, परिचय इन्सपेक्टर

spot_img
spot_img
जनकपुर । एक जना तल्लो दर्जाका प्रहरीले आफूलाई उपल्लो दर्जाको प्रहरी हुँ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको समाचार प्राप्त भएकाे छ । ति प्रहरी लामाे समयदेखि एकै ठाउँमा कार्यरत रहेका नेपाल प्रहरीका हबल्दार महेन्द्र प्रसाद महतो उर्फ एमपी राज महतो हुन् ।
 
सामाजिक सञ्जाल फेसबुक र साथीभाइहरु बीच एमपी राज महतोका नामले परिचय बनाएका प्रहरी हबल्दार महतोको आफूलाई प्रहरी इन्स्पेक्टरको रुपमा तस्कर र व्यापारी माझ चिनाउने गरेका छन् । हालसालै त उनले आफूलाई डीएसपी समेत भन्न भ्याएको जनकपुर गणका एकजना डीएसपीले सुनाउँदै थिए ।
 
धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भए पनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । कारण ठेकिएको दरबन्दीमा जाँदा प्रहरी हबल्दारको ड्रेस लगाउनु पर्ने डर उनलाई छ ।
 
प्रहरी स्रोतका अनुसार महतोले हबल्दारमा बढुवा भएदेखि प्रहरीको ड्रेस लगाएका छैनन् । ठाँटबाँटका साथ झिल्के भएर हिँड्ने उनी कहिले रारा पुग्छन् त कहिले मुगु, अनि कहिले बर्दिया राष्ट्रिय निकुञ्ज । प्रहरीका हाकिमहरूसँग बाक्लो उठबस, फोटो सेसन अनि आईजी, एआईजी र डीआईजीसँग फोन गरेर अरूलाई देखाउने, तर्साउने अनि प्रभावित पार्ने उनको वर्षौंदेखिको धन्दा हो ।
 
सिपाहीका रुपमा उत्तम सुवेदी धनुषाको एसपी हुँदा घुमुवा रहेका महतोको सेक्स स्क्याण्डल बाहिरिएपछि केही समय नुवाकोट खेदिनु परेको थियो । बिगत ७-८ बर्षदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर सिभिलमा घुम्ने उनले १० बर्ष यता प्रहरीको ड्रेस नै नलगाएको बताइन्छ ।
 
प्रहरीका ठूला हाकिमसँग बाक्लो उठबस गर्ने उनले प्रहरीका सिपाही देखि जुनियर अधिकृतसम्मलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै पैसा उठाउने गरेका छन् । खास गरी एआईजीबाट हालै अवकाश लिएका उत्तम सुवेदी, आईजीपीबाट अवकाश पाएका धीरजप्रताप सिंह लगायतका हाकिमहरूसँग उनको नजिकको उठबस र उठतीपुठती चल्ने गरेको दावी समाचार स्रोतको छ ।
 
अझ सिंह आईजी हुँदा त उनले तराईका जिल्लाबाट आईजीका नाममा लाखौं असुलेर आतंक मच्चाएको स्राेत बताउन्छ । हाकिमका नाममा पैसा उठाउने तर अझ सिंह आईजी हुँदा त उनले तराईका जिल्लाबाट आईजीका नाममा लाखौं असुलेर आतंक मच्चाएको स्रोतले जनाएकाे छ ।
 
हाकिमका नाममा पैसा उठाउने तर थोरै रकम मात्र उनीहरूलाई दिएर धेरै आफैले राख्ने गरेको प्रहरीहरू बीच चर्चा हुने गरेको छ । करिब ९ लाख पर्ने रायल ईन्फिल्ड बाइक चढेर सानका साथ  हिँड्ने, कार फेरि फेरि चढ्ने उनको आम्दानीको स्रोत के हो भनेर अन्य प्रहरीदेखि सर्वसाधारण पनि चकित हुने गरेका छन् ।
 
हबल्दार जागीरले त्यो हैसियत कसरी सम्भव हुन्छ ? मूल घर सर्लाही भएपनि उनी जनकपुरको मुझेलियामा आलिशान तीन तले घरमा बस्ने गरेका छन् । तर त्यो घर खरिदको आर्थिक स्रोत के हो भन्ने जवाफ कसैसँग छैन् । हालसालै मात्र काठमाडौंमा पनि घडेरी जोडेका उनले अहिले आफूलाई प्रदेश डीआईजीको घुमुवाका रुपमा परिचय दिने गरेका छन् । 
 
तस्कर र व्यापारीहरूलाई नयाँ डीआईजीको घुमुवा आफू नै बस्ने तय भएको भन्दै लाइन मिलाएर पैसा असुल्न थालिसकेको बताइन्छ । अझ आईजीपी बसन्त कुँवरका लागि पनि मधेशमा पैसा उठाउने जिम्मा आफ्नै भएको भन्दै उनले गफ चुट्ने गरेका छन् । त्यसैका लागि उनले अर्का हबल्दार सुरेन्द्र ठाकुरलाई काज दरबन्दी फिर्ता गराइसकेका छन् ।
 
ठाकुर रमाना लिएर रातमाटे गण हिँडेका छन् । गफ लगाउन माहिर मानिएका महतोले मधेश प्रदेशका वैध अवैध क्रसर उद्योग, जुवा अखडा तथा गाईगोरु तस्करहरूबाट मोटो रकम महिनावारी हाकिमका नाममा असुल्ने गरेको बताइन्छ । चर्चित गोरु तस्कर शम्भू सिंहदेखि महोत्तरीका ठूला क्रसर व्यवसायी विजय साह, बेतन शर्मासँग उनको पुरानो सम्बन्ध रहेको बताइन्छ । अझ विजय साहसँग त उनको पाटर्नरसीप विजनेश नै रहेको आशंका प्रहरीहरुले गर्ने गर्छन ।
 
हरेक साँझ विजयको जनकपुरस्थित डिपोमा उनको बसउठ हुने गरेको छ । एकजना प्रहरी भन्छन्, एमपी राजलाई तपाई प्रहरी कार्यालयमा कहिल्यै भेटनु हुन्न, त्यही डिपोमा गयो भने चाहि पक्का भेट हुन्छ । क्रसर व्यवसायी बेतन शर्माको सिराहा, महोत्तरी र धनुषा लगायतका स्थानमा थुप्रै अवैध क्रसर उद्योग निर्वाध चलिरहेका छन् । त्यसको संरक्षण यिनै महतोले गर्ने गरेका छन् ।
 
त्यसबाहेक महोत्तरी, सर्लाही र धनुषामा सञ्चालन हुने ठूला जुवाखालबाट ठेक्कामा पैसा असुली पनि यिनै महतोले गर्ने गरेको बताइन्छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...