Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा ११ दिने बिष्णु महायज्ञ सुरु, गाउँपालिका अध्यक्ष यादवद्वारा उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटाेलामा श्री सहस्त्र बिष्णु महायज्ञ सुरु भएकाे छ । जानकीटाेला गाउँवासीकाे आयाेजना आयाेजित ११ दिने महायज्ञकाे उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका हुन् ।

महायज्ञकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले यज्ञले ज्ञान प्राप्त हुनुकाे साथै धर्मकाे रक्षा र प्रचार प्रचार हुने वताए । उनले यज्ञ शान्तिकाे प्रतिक समेत रहेकाे वताए ।

महायज्ञकाे पहिलाे दिन मंगलबार कलश यात्रा निकालिएकाे यज्ञ आयाेजक समितिका अध्यक्ष कृष्णमा्ेहन यादवले वताए । जानकीटाेलामा पहिलाे पटक महायज्ञकाे आयाेजना गरिएकाे उनले वताए । 

महायज्ञकाे कलश यात्रामा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष नेपाली कुशवहा,लक्ष्मी साह तेली, रामअयाेध्या पटेल लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो । 

महायज्ञमा बुधवारदेखि विभिन्न विदवानहरुद्वारा प्रवचन राख्नुकाे साथै रामलिला समेत प्रस्तुत हुने आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...