Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अन्तर-बैङ्क क्रिकेट प्रतियोगिताकाे उपाधि नबिल बैङ्कले जित्याे

spot_img
spot_img

वीरगंज । नेपाल राष्ट्र बैङ्ककाे ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगंज कार्यालयले आयाेजना गरेको अन्तर – बैङ्क क्रिकेट प्रतियोगिता २०८० काे उपाधि नबिल बैङ्कले जितेकाे छ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा आइतबार भएको प्रतियाेगिताकाे फाइनल खेलमा हिमालयन बैङ्कलाई २० रनले हराउँदै नबिल बैङ्क विजयी भएकाे हाे । विजेता र उप-विजेता टिमलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक अजित रेग्मी र उप-निर्देशक रचना शर्मा पराजुलीले पुस्कृत गरेका थिए ।

नेपाल राष्ट्र बैङ्क लगायत अन्य २२ वटा बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान हिमालयन बैङ्कका अरविन्द यादव, उत्कृष्ट बलर नबिल बैङ्कका रोशन मिश्रा, उत्कृष्ट फिल्डर माछापुच्छ्रे बैङ्कका किरण नेपाल र उत्कृष्ट महिला खेलाडी राष्ट्र बैङ्कका इशा भुजेल घाेषित भएका थिए ।

नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक नरेश सर्राफ उक्त प्रतियोगिताको संयोजक थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...