Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ओमानमाथि नेपालको सानदार जीत

spot_img
spot_img

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा शुक्रबार भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो ।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । ९ विकेटमात्र गुमाएको भए पनि ओमानले एकजना ब्याटर अघिल्लो इनिङ्समा चोटग्रस्त भएपछि ब्याटिङ गर्न सकेनन् ।

ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए ।  नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी दुई र ललित राजवंशी एक विकेट लिए ।

यता टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात भने खराब रह्यो । नेपालले  पहिलो रन २८ औं बलमा जोडेको थियो । तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा आउट हुँदा चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए ।

तेस्रो विकेटका लागि रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरे । रोहित २३ र भीम ३३, आरिफ शेख २९, करण केसी  २९, सन्दीप लामिछाने १० र दीपेन्द्रसिंह ऐरी ७ रन जोडे । यता ओमानका लागि आयन खानले २ विकेट, बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए । 

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

सन्दीप र कुशलकाे कीर्तिमान

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक हाने । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । ९ चौका र १० छक्का प्रहार गरेका उनले ६४ बलमै १०८ रन बनाए । 

यसअघि सर्वाधिक छिटो एक दिवसीय सतकको कीर्तिमान नेपालका कप्तान रोहितकुमार पौडेलको नाममा थियो । पौडेलले विश्वकप लिग २ अन्तरगत पपुवा न्यूगिनीविरुद्ध ९१ रनमा सतक प्रहार गरेर बनाएको रेकर्ड मल्लले भत्काएका हुन् । रोहितले भन्दा ३२ कम बल खेलेर कुशलले शतक हाने‍ ।

कुशलले आजकै इनिङमा सर्वाधिक छक्का हानेर अर्को रेकर्ड पनि बनाए । सतक बनाउन उनले १० छक्का प्रहारे । कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनी अहिले १९ वर्षका भए ।  उनी ओमानविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । 

 यस्तै आजको खेलमा स्टार स्पेनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए।

उक्त कीर्तिमान तोड्दै सन्दीप अब ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

नेपाल ओडिआईमा कीर्तिमानी याेगफल बनायाे । ओमानविरुद्ध  नेपालले ओडिआईमा हालसम्मकै उच्च योगफल बनायाे । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...