Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

भन्सार राजश्वको निश्चित प्रतिशत वीरगंजले पाउनुपर्छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशतको रकम वीरगंज महानगरपालिकालाई उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसंग वीरगंज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगंज महानगरलाई उपलब्ध गराउन आग्रह गरेका हुन् ।

अर्थमन्त्री महतलाई वीरगंज महानगरका बारे जानकारी गराउँदैै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगंजकाे योगदान आधाभन्दा बढी भए पनि केन्द्र सरकारबाट वीरगंज सँधै उपेक्षामा पर्दै आएको गुनासो गरे ।

उनले भने, ‘कूल आयात निर्यातको ७० प्रतिशत कारोबार वीरगंज नाकाबाटै हुन्छ, कूल अर्थतन्त्रमा वीरगंजकाे योगदान आधा भन्दा बढी छ तर वीरगंज र वीरगंजवासीले सवारीसाधानको धुवाँधुलो र प्रदुषण मात्रै पाइरहेका छन्, मालवाहक सवारीको चापले सडकहरु भत्किने गरेका छन्, तर राज्यबाट पाउने लाभ शुन्य जस्तैछ ।’

वीरगंज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्ब भन्दा बढी राजश्व उठाएर सरकारलाई दिदै आएको भन्दै मेयर सिंहले भने, ‘साढे दुइ खर्ब उठाएर दिने वीरगंज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउँछ ? भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ ।

वीरगंज नाकाबाट संकलन हुने राजश्व अन्य पालिका सरह बाँडफाँड हुने अवस्थाले वीरगंजलाई घाटा मात्रै भएको उनले बताए ।
त्यसैले प्रभावित क्षेत्रको आधारमा वीरगंज भन्सार लगाएतका कार्यालयबाट संकलीत राजश्वको निश्चित प्रतिशत रकम वीरगंज महानगरले पाउनु पर्ने अर्थमन्त्री महत समक्ष मेयर सिंहले बताए ।

वीरगंजलाई देशकै आर्थिक राजधानी भनिदै आएको भए पनि त्यस अनुसारको पूर्वाधार र सेवा सुविधा राज्यबाट नपाएकाले वास्तविक रुपमै आर्थिक राजधानी बन्ने गरी वीरगंजकाे पुर्वाधार विकासमा जोड दिन पनि उनले अनुरोध गरे ।

यसका साथै मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरीक राजश्व कार्यालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनु पर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नु पर्ने माग पनि राखे ।

साथै वीरगंज महानगरमा शिक्षक अभाव हुँदा पठन पाठनमा समस्या भइरहेको भन्दै शिक्षा मन्त्रालयले नै दिएको प्रतिवेदन अनुरुपको शिक्षक नियुक्तिको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

शिक्षा मन्त्रालयले वीरगंजको लागि ३ सय शिक्षक थप आवश्यक रहेको प्रतिवेदन यस अघि नै दिइसकेको छ । ३ सय शिक्षक नियुक्तीको लागि बजेट व्यवस्थापन गर्न माग गर्दै उनले शिक्षक अभावका कारण शैक्षिक गुणस्तर वृद्धिमा असर पुगिरहेको बताए ।

यस्तै मेयर सिंहले वीरगंजकाे आर्थिक अवस्था चलाएमान बनाउन देशकै मुख्य नाकाको रुपमा रहेको सीमा नाकालाई २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाउन पनि माग गरे ।

अर्थमन्त्री डा.प्रकाश शरण महतको अध्यक्षतामा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, प्रदेशका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...