Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

बेस्ट मिट मासु पसलले मासुको खरिदमा उपहार दिँदै

spot_img
spot_img

वीरगंज । पर्साको पावर हाउस चौकमा सञ्चानमा रहेको बेस्ट मिट मासु पसलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुको लागि विशेष अफर ल्याएर अहिले चर्चामा आएको छ । बेस्ट मिट मासु पसलमा मासुको खरिदमा ” हरेक दिन उपहार, हरेक दिन उमङ्ग” योजनाले अहिले उपभोक्ता पनि लाभम्भित भएका छन् ।

सो पसलमा ग्राहकले मासु किन्दा साथमा एउटा कुपन पाउँछन्, सो कुपनको माध्यमले हरेक दिन एक जना भाग्यमानी ग्राहकले आकर्षक उपहार पाउने गरेका छन् । अहिलेसम्म ७ दिनमा ७ जना ग्राहकले उपहार पाइसकेका छन । उपहार पाउनेहरूमा सञ्जित कुमार विन, चाँदनी झा, डा. कमलेश कुमार यादव, पुरुषाेत्म पटेल, सुरेन्द्र पण्डित, विनय प्रसाद दास र समीर बैठा रहेका छ्न ।

उनीहरू अलग-अलग ठाउँका विजेता हुन् । पुरस्कार पाइसकेका उनीहरूले पसलले संचालनमा ल्याएको यो योजनाले ग्राहकहरुको लागि खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन । उनीहरूले ताजा र स्वच्छ मासुको साथ उपहार पाउने हुनाले यही पसल रोज्ने गरेको बताएका छन ।

बेस्ट मिट मासु पसलका सञ्चालक रामजी प्रसाद पटेलको अनुसार यो अफर वीरगंज पहिलो पटक ल्याईएको र यसलाई हामी निरन्तरता दिदै अझ आफ्ना ग्राहकको लागि थप सुविधाहरु बढाउदै जाने बताए । मासु भन्ने कुरा मानवको स्वास्थ्यसंग जोडिएको हुनाले हामीले आफ्ना ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी ताजा र फ्रेश मासु बेच्ने गरेको संचालक पटेलले बताए ।

उनको अनुसार यो पसलमा ग्राहकको स्वास्थसंग कुनै सम्झौता नहुने र एकचोटी आफ्नो पसलमा आएर भिजिट गर्न आम ग्राहकलाई अनुरोध गरे । उनले हामी दिनहुँ आफ्ना ग्राहकसँग सलाह, सुझाव लिएर काम गर्ने गरेको बताए । अहिले सो पसलमा ग्राहकहरुको दिनहु मासु किन्न लाईन लाग्ने गरेको देख्न सकिन्छ। वीरगंजमा यस्तो किसिमको पसलबाट अब यहाँका ग्राहकले ताजा र स्वच्छ मासु खान सक्ने वातावरण बन्दै गएको आकलन गर्न सकिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...