Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

उपराष्ट्रपतिलाई चलचित्र नृत्य संघको बधाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल चलचित्र नृत्य संघका कलाकारहरुले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग भेटघाट गरेका छन् । मंगलबार उपराष्ट्रपति निवास लैनचौरमा संघका कलाकारहरुले उपराष्ट्रपति यादवलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएकोमा चलचित्र क्षेत्रको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना ज्ञापन गरेको हाे ।

संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान समारोहमा उपराष्ट्रपति यादवलाई मायाको चिनो अर्पण गरिएको थियो । सो अवसरमा समारोहका प्रमुख अतिथि उपराष्ट्रिपति यादव समक्ष संघले चलचित्र क्षेत्रमा विद्यमान राष्ट्रिय समस्याहरुलाई समाधानका निम्ति सरकारसँग पहल गरिदिन आग्रह गरेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष जनकबहादुर कार्की, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...