Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा वडा कार्यालय, बर्थिङ सेन्टर र प्रयाेगशालाकाे मन्त्री रिजालद्वारा उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ विजवनियामा नवनिर्मित वडा कार्याल भवन, बर्थिङ सेन्टर र जन स्वास्वास्थ्य प्रयाेगशालाकाे नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उदघाटन गरेका छन् ।

मन्त्री रिजालले एक कार्यक्रमकाे बिच नै वडा कार्यालय, बर्थिङ सेन्टर र प्रयाेगशालाकाे उदघाटन गरेका हुन् । गाउँपालिका कार्यालयले निर्माण सम्पन्न गरेकाे तीनै याेजनाकाे कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री रिजालले उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले गाउँपालिकाकाे शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा सुधार जरुरी रहेकाे वताए । उनले त्यसकाे लागि नेपाल सरकारकाे तर्फबाट हुने सहयाेग गराउने प्रतिवद्धता समेत जनाए । 

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वडा कार्यालय संचालनमा अब सहज  हुनुकाे साथै बर्थिङ सेन्टर र प्रयाेगशालाबाट स्थानियले सहजै सेवा पाउने वताए । उनले आफ्नाे कार्यकालमा शिक्षा र स्वास्थ्यकाे अवस्था सुधार गरेर छाडने वताए । 

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाअधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्द राय, वडाध्यक्ष सुभाष यादव लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...