Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवकाे आग्रह

spot_img
spot_img

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

बिहिबार बाराको करैयामाई गाउँपालिकामा आयोजित जनता दर्शन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका हुन् ।

यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे । उनले भने, ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई ।’

परिवर्तनकारी शक्तिहरुको कठोर संघर्ष तथा मधेस विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए ।

संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने, ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’

देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे? कसको कति योगदान छ? कसको संघर्षले के परिवर्तन आएको हो? यसको लेखाजोखा न्यायप्रेमी जशशनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?’।

घरदैलो कार्यक्रममा संघीय सांसद प्रदिप यादव, अजय चौरसिया, प्रदेश सांसद श्यामबाबु पटेल, जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता, रामकिशोर यादव, नेपाली काग्रेस बाराका सभापती राजेशराय यादव, करैयामाई गाउँपालिका पूर्व अध्यक्ष एवं नेपाली काग्रेस नेता भुनेश्वर धामी, महिला नेतृ चित्रलेखा चौधरी, जसपाका नेता जोगिन्द्र पंडित, पारस जैसवाल, सुरेन्द्र साह लगायत ५ दलिय गठबन्धनका स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...