Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

पर्सा भएर अझै राेकिएन लागु औषधकाे तस्करी, ४ जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित ४ जनालाई पक्राउ गरेकाे छ । पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरीयाबाट ३ जना र ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
 
गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक प्रज्वल थपलियाकाे कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक आशुतोष शाही समेतको खटिएकाे प्रहरी टोलीले पटेर्वा सुगाैलीबाट लागु औषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 

पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत (थारु), जिल्ला मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान र मकवानपुर जिल्ला कै मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

आइतबार दिउसाे ४:४५ बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरीया स्थित प्रदेशी राउतको घरमा लागु औषध चरेश छ भन्ने गोप्य सुचनाको आधारमा खटिएकाे प्रहरी टोलीले निज प्रदेशी राउत समेतको घर तथा टहरा समेतमा कानूनी रीत पुर्‍याई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ के.जी. र गाँजा ४ के.जी फेला परेको प्रवक्ता गिरीले जानकारी दिए ।

उक्त लागु औषध, ओसारपसार तथा किन बेच समेतमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेकाे उनले जानकारी गराए ।

 

यसैगरी विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएकाे प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला चितवन लोथर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरीका अनुसार ठाेरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै संकाष्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका तामाङलाई नियन्त्रणमा लिई रितपुर्वक उक्त बोराको तलासी लिदा निजले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ के.जी. फेला परेको हाे ।

उक्त लागु औषध सहित तामाङलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा चैत २५ गते पर्सा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सांझ प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...