Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

हनुमान जयन्तीकाे अवसरमा बृहत शोभायात्रा, छपकैयामा ढुङ्गामुढा प्रहार

spot_img
spot_img

वीरगंज । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा वीरगंजमा शनिबार बृहत शोभायात्रा निकालेर हिन्दु धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

वीरगंजकाे घण्टाघरबाट शुरु भएको भगवान हनुमानको शोभायात्रामा वीरगंज महानगरका अधिकांश वडाका हिन्दु धर्म प्रति आस्था राख्ने सर्वसाधरणले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए । शोभायात्राले वीरगंज महानगरको शहरी क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।

हिन्दु धर्मको प्रतिक तरबार, त्रिशुल सहित भगवा झण्डा, डिजे र भगवान हुनमानको झाँकी सहित शोभा यात्रात्रमा सहभागीहरुले जय श्रीरामको जयकारा लगाउदा शनिबार दिउँसो देखि साँझ सम्म वीरगंज शहर पुरै जयश्रीरामको नाराले गुन्जयमान भएको थियाे ।

शोभायात्राका बेला वीरगंजकाे घण्टाघर देखि अलखीयामठ सम्मको मनेरोड यात्रामा सहभागीहरुको भिडले खचाखच भरिएको थियो । कुनै अप्रिय घटना हुन नदिन शनिबार दिउँसो देखि नै वीरगंज नगर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारी संख्यामा परिचालन पनि गरिएको थियो ।

यस्तै शोयात्रामा सहभागीहरुका लागि हिन्दुवादीका साथैै विभिन्न संघसंगठनहरुले नगरका विभिन्न स्थानमा सर्बत र पानीको स्टल पनि राखेका थिए । विश्व हिन्दु परिषदकाे अवहानमा शाेभा यात्रा निस्केकाे थियाे ।

शान्तिपुर्ण शोभा यात्रा परिक्रमाकाे क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैयामा ढुङ्गामुढा समेत प्रहार भएकाे थियाे । अज्ञात समुहबाट ढुङ्गामुढा प्रहार भएपछि केही बेर साे क्षेत्रमा तनाव समेत भएकाे थियाे । 

ढुङ्गामुढा प्रहार गर्ने माथि कारवाहीकाे माग

यसैबिच बिश्व हिन्दु परिषद नेपालले ढुङ्गामुढा प्रहार गर्ने माथि कारवाहीकाे माग गरेकाे छ । परिषदका अध्यक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहले संयुक्त रुपमा शनिबार सांझ एक प्रेस विज्ञप्ती जारी गर्दै हनुमान जन्मोत्सवकाे उपलक्ष्यमा आयोजना गरिएको शान्तिपूर्ण शोभायात्रामाथि छपकैया २ स्थित फर्किने क्रममा ढुङ्गामुढा प्रहार गरिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्ती मार्फत शान्तिपूर्ण शाेभा यात्रामा ढुङ्गामुढा गर्ने असामाजिक तत्वलाई यथासिघ्र अनुसन्धान गरी कडा कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गरेकाे छ । उपरोक्त घटनाका दोषीहरुलाई कुनै पनि बहानामा जोगाउने प्रयास गरियो भने तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष स्वयं नै हिन्दु परिषदले चेतावनी समेत दिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

वीरगंज । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगंज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको...

वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा एक हजार बिरुवा रोपण

वीरगंज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजस्थित वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न...

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइको परराष्ट्रद्वारा बचाउ

काठमाडौं । नेपाल–भारत सीमाका विषयमा सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे उठेका जिज्ञासाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी...