Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनीमा जनप्रतिनिधिहरु विच विवाद

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले आफ्नाे भागकाे याेजना समेत गाउँपालिका अध्यक्ष यसवन्त यादवले नै संचालन गरिरहेकाे आराेप लगाएकी छन् ।

उपाध्यक्ष बिष्टले बिहिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष यादवले एकलाैटी रुपमा गाउँपालिका चलाइरहेकाे वताइन । उनले नियम विपरित श्री नेरा मावि महुवनकाे प्रअ सरुवा, अनियमित रुपमा कर्मचारी भर्ना र अनावश्यक रुपमा इन्धन खर्च भएकाे समेत वताइन ।

उनले भनिन् “हामी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटक-पटक बैठक संचालन गर्न अनुरोध गर्दा बैठक संचालन नगरेकोले मिति २०७९। १२। २३ मा मेरै अध्यक्षतामा बैठक बसी सुधारको लागि बहुमत सदस्यले विभिन्न निर्णयहरु गरेकाे जानकारी गराइन । 

गाउँपालिका अध्यक्ष यादवले गाउँ सभाले पारित भएकाे याेजनाहरुकाे नियम अनुसार काम भइरहेकाे दाबी गरे । उनले भने “गाउँपालिकाकाे याेजनाहरु भाग लगाउने कहाँ नियम छ ? प्रशन गर्दै कसरी उपाध्यक्षकाे भागमा याेजनाहरु पर्याे ।”

गाउँपालिकामा निशुल्क रुपमा एम्बुलेन्स संचालन भएका कारण इन्धन खर्च अलि बढेकाे हुन सक्ने वताउँदै उनले कर्मचारी भर्ना नियम सम्बत भएकाे र त्यसकाे लागि कसैले पनि कसैसंग एक रुपयमा पनि नलिएकाे दाबी गरे ।  

जिल्ला समन्वय समितिमा भएकाे पत्रकार सम्मेलनमा वडाध्यक्ष माेजामिल अंसारी, महमद आरिफ अंसारी, असेशर प्रसाद यादव, मुन्ना प्रसाद कमकर, कार्यपालिका सदस्य हसीना खातुन, महादेव साह कालवार लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...