Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसाैनीमा जनप्रतिनिधिहरु विच विवाद

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले आफ्नाे भागकाे याेजना समेत गाउँपालिका अध्यक्ष यसवन्त यादवले नै संचालन गरिरहेकाे आराेप लगाएकी छन् ।

उपाध्यक्ष बिष्टले बिहिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष यादवले एकलाैटी रुपमा गाउँपालिका चलाइरहेकाे वताइन । उनले नियम विपरित श्री नेरा मावि महुवनकाे प्रअ सरुवा, अनियमित रुपमा कर्मचारी भर्ना र अनावश्यक रुपमा इन्धन खर्च भएकाे समेत वताइन ।

उनले भनिन् “हामी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटक-पटक बैठक संचालन गर्न अनुरोध गर्दा बैठक संचालन नगरेकोले मिति २०७९। १२। २३ मा मेरै अध्यक्षतामा बैठक बसी सुधारको लागि बहुमत सदस्यले विभिन्न निर्णयहरु गरेकाे जानकारी गराइन । 

गाउँपालिका अध्यक्ष यादवले गाउँ सभाले पारित भएकाे याेजनाहरुकाे नियम अनुसार काम भइरहेकाे दाबी गरे । उनले भने “गाउँपालिकाकाे याेजनाहरु भाग लगाउने कहाँ नियम छ ? प्रशन गर्दै कसरी उपाध्यक्षकाे भागमा याेजनाहरु पर्याे ।”

गाउँपालिकामा निशुल्क रुपमा एम्बुलेन्स संचालन भएका कारण इन्धन खर्च अलि बढेकाे हुन सक्ने वताउँदै उनले कर्मचारी भर्ना नियम सम्बत भएकाे र त्यसकाे लागि कसैले पनि कसैसंग एक रुपयमा पनि नलिएकाे दाबी गरे ।  

जिल्ला समन्वय समितिमा भएकाे पत्रकार सम्मेलनमा वडाध्यक्ष माेजामिल अंसारी, महमद आरिफ अंसारी, असेशर प्रसाद यादव, मुन्ना प्रसाद कमकर, कार्यपालिका सदस्य हसीना खातुन, महादेव साह कालवार लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...