Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मठ मन्दिरकाे संरक्षणका लागि महन्तहरु भेटे प्रधानमन्त्री

spot_img
spot_img

वीरगंज । जनकपुरधामकाे जानकी मन्दिरका महन्तहरुकाे एक टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड कै कार्यकक्ष मै पुगि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास लगायत विभिन्न मन्दिरका पुजारी सन्तहरु भेटघाट गरेका हुन् ।

मधेश प्रदेशका उद्याेग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीकाे उपस्थितीमा भएकाे भेटघा‍टमा जानकी मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा रहेका मठ मन्दिरसंग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संबर्धनका विषयमा छलफल भएको हाे ।

छलफलकाे क्रममा संतहरुले उठाउनुभएका विषयहरुप्रति प्रधानमनन्त्री ज्यूले गहिरो चासो लिॅंदै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिनुभएकाे राज्यमन्त्री अन्सारीले वताए ।

साथै धर्म संग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने कुरा वहाँले हामी समक्ष राख्नूभएकाे मन्त्री अन्सारीले जानकारी गराए ।

भेटघाटकाे क्रममा महन्त तथा सन्तहरुले प्रधानमन्त्री प्रचण्डलाई मायाकाे चिन्हाे रुपमा जानकारी मन्दिरकाे तस्बिर समेत दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...