Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

spot_img
spot_img

जनकपुरधाम । मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत रहन आग्रह गरेको छ ।

“कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न काउन्सिल सबैमा आग्रह गर्दछ”, काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तै सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिल अपिल गर्दछ ।”

काउन्सिलले उपनिर्वाचनलाई मध्यनजर गरी पत्रकार आचारसंहिता अनुगमन कार्य सुरु गरेको र कुनै पनि माध्यमबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ ।

यसैबीच काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता मधेस प्रदेश, २०७९ को व्यवस्थालाई पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले उपनिर्वाचनको अनुगमन कार्य भइरहेकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै क्रियाकलाप गरेको पाइए कानूनअनुसार कारबाही हुनेसमेत बताउनुभयो ।

यसअघि बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...