Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे ८ औं गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले आर्थिक बर्ष २०७९/०८० काे लागि केही याेजनाहरु संशाेधन गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाले केही याेजनाहरु संशाेधन गर्नुकाे साथै केही ऐन समेत सर्वसहमत  पारित गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ सभालाई सम्बाेधन गर्दै ‍गाउँपालिका अध्यक्ष यादवले अव विकास निर्माणकाे कामलाई गति दिनु पर्ने वताए । उनले चालु आर्थिक मसान्त सक्न अब मात्र ३ महिना मात्र बाकी रहेकाेले आ आफ्नाे ठाउँबाट विकास निर्माणकाे काममा जुटन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।

गाउँ सभामा उपाध्यक्ष बबिता सिंह, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली कुशवाहा, सुबाष यादव, प्रभु नाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद पटेल लगायतका गाउँ सभा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...