Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बारा २ मा ३६ जनाकाे मनाेनयन दर्ता, मुख्य प्रतिस्पर्धी काे काे हुन् ?

spot_img
spot_img

वीरगंज । बारा क्षेत्र नं. २ काे उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि ३६ जनाले मनाेनयन दर्ता गराएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनका लागि २४ जना स्वतन्त्र र १२ जना विभिन्न दल गरी ३६ जनाले मनाेनयन दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

नेकपा एमालेबाट पुरुषाेत्तम पाैडेल, जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रमेश खरेल, आम जनता पार्टी (आजपा)बाट अरुण कुमार ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट कमरुलाह अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनिफ मियाँ अंसारीले मनाेनयन दर्ता गराएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट साेनालाल प्रसाद सा तेली, नेपाल मजदुर किशान पार्टीबाट मुक्ति प्रसाद यादव, नेपा संघिय समाजवादी पार्टीबाट नेजारुल अंसारी, मंगाेल नेशनल अर्गनाइजेसनबाट प्रमाेद राम चमार, हाम्राे नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदीले मनाेनयन दर्ता गराएका हुन् । 

यसैगरी स्वतन्त्रबाट विनाेद कुमार कर्ण, धुपलाल हजरा, गिरजा कुमारी, उमा कुमारी कुशवाहा, सिगारी देवी, रिता देवी, दिनेश प्रसाद यादव, असर्फी राउत अहिर, बाबु राम प्रसाद, मुना मंसुरी, जैसी राउत, धर्मविर प्रसाद यादव, उमेश प्रसाद यादव, सुरेन्द्र कुमार सिंह, जितेन्द्र प्रसाद यादव, दुर्गा प्रसाद काेइरी, विरेन्द्र प्रसाद यादव, छाेटेलाल महताे काेइरी, कुसेसवर साह बनियाँ, शम्भु प्रसाद साह तेली, राधिका न्याैपाने साह कलवार, रामबालक महरा चमार, सुरज साह तेली र वीरेन्द्र पंडितले मनाेनयन दर्ता गराएका छन् ।

यी नै हुन् मुख्य प्रतिस्पर्धी

मनाेनयन दर्ता गराएका मध्ये ५ जना बिच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेकाे छ । जसपा, जनमत, एमाले, रास्वपा र आजपाका उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे हाे । 

जसपाबाट मनाेनय दर्ता गराएका उपेन्द्र यादव पार्टीका राष्ट्रिय अध्यक्ष हुन् । यादवलाई गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको समर्थन रहेकाे छ । यी दलले आफ्नाे दलबाट उम्मेदवारी दर्ता गराएका छैनन् । 

यसैगरी, जनमत पार्टीकाे तर्फबाट मनाेनयन दर्ता गराएका शिवचन्द्र कुशवाहा यस अघिकाे चुनावमा साढे ३ सय मतले मात्र पराजित भएकाे उम्मेदवार हुन् । गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट यसै क्षेत्रमा उम्मेदवारी दिएर पराजित कुशवाहा केही दिनअघि मात्रै जनमत पार्टी प्रवेश गरेका थिए । माओवादीबाट उम्मेदवारी दिएका उनी उपराष्ट्रपति बनेका जसपाका रामसहाय यादवसँग तीन सय ५४ मतले पराजित भएका थिए ।

रास्वपाबाट मनाेनयन दर्ता गराएका रमेश खरेल नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हुन् । गत असोजमा आफैँ नेपाल सुशासन पार्टी खोलेका खरेल केही दिनअघि मात्र रास्वपा प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साकाे प्रहरी उपरिक्षककाे रुपमा काम गरिसकेका उनले यस क्षेत्रमा राम्राे पहिचान रहेकाे छ ।

यता, एमालेका तर्फबाट उम्मेदवारी दिएका पुरुषाेत्म पाैडेल पूर्व संविधान सभा सदस्य एवं पूर्वमन्त्री हुन् । यस क्षेत्रमा एमाले जनाधार रहेकाेले पाैडेललाई मुख्य प्रतिस्पर्धीकाे रुपमा आंकलन गरिएकाे छ ।

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रभु साह नेतृत्वकाे आजपाबाट उम्मेदवारी दर्ता गराएका अरुण कुमार ज्ञवाली अधिवक्ता हुन् । यस क्षेत्रमा प्रभु साहकाे पहिचान राम्राे रहेकाेले र उनकाे पार्टीकाे उम्मेदवार नयाँ भएकाेले मुख्य प्रतिस्पर्धीमा पर्ने अनुमान गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...