Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

बचतकर्ताको रकम लिएर ‘यादगार’ सहकारीका संचालक फरार

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरीले बचतकर्ताको करिब १० करोड रकम लिई फरार भएका हुन् ।

विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका हुन् ।

गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए । जम्मा गरेको पैसा निकाल्ने बेला आएपछि संचालक नै फरार भएको पीडित बचतकर्ताको गुनासो छ ।

एक एक पैसा जोडेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफ्नो भविष्य नै अन्धकारमा परेको आँशु झार्दै बचतकर्ता महिलाले भनिन् आफूले पैसा जम्मा गर्न नमानेको अवस्थामा एजेन्टले त्यो पैसाको जिम्मा आफू लिने भनेर जम्मा गराए, अहिले आएर जिम्मेवारीबाट पछाडि भागि रहेको बताइन् ।

उनले सहकारीका संचालकले आफ्नो ४५ हजार रुपैया लिएर संचालक फरार भएको बताइन् । विभिन्न व्यक्तिको घर घरमा गई भाँडा माज्ने कार्य गरेर एक एक पैसा जम्मा गरि राखेको पैसा एजेण्ट धर्मेन्द्रले एक मुष्ट सहकारीमा जम्मा गराएका थिए, आफू जिम्मेवार हुने भनेर जबरजस्ती पैसा हाल्न लगाए अहिले मेरो घरमा खाना खाने अवस्था छैन, बच्चाहरु भोकै छन्, कहाँबाट ल्याएर बच्चाकहरुलाई खान दिने भन्दै दुःखेसो पोखिन् ।

एक छाक खाना कटौती गरि जम्मा गरेको पैसा लिएर संचालक फरार भएको सुनेपछि रुखको हाँगाबाट खसेझै महसुस भएको उनीहरुको भनाई छ । दैनिक ज्यालादारीमा काम गर्ने गरिब, निमुखा परिवारको लागि ५० हजारदेखि १० लाख रुपैया धेरै ठूलो रकम हो । विगत दुई वर्षदेखि बचत गरेको पैसा लिएर संचालक फरार भएको उनीहरुको गुनासो छ ।

आफूले कमाएको पैसाको केही भाग जम्मा गरे भोलिको दिनमा कुनै व्यापार व्यावसाय गर्न सकिन्छ, छोराछोरीहरुको विवाह गर्न सकिन्छ भनेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफूहरु अन्यायमा परेको बचतकर्ताहरुको गुनासो छ ।

विगत ४ महिना अघिदेखि नै सहकारी भाग्ने शंका लागेपछि बचतकर्ताहरुले आफूले जम्मा गरेको पैसा निकाल्ने तर्खरमा थिए । तर बैंकका संचालकले पुनः चतुर बुद्धि प्रयोग गरि बचतकर्ताहरुलाई फकाई अचानक सम्पर्क विहीन भएका छन् । बचतकर्ताहरुले सहकारी सँस्थाका कोषाध्यक्ष स्थानीय बलिराम साहको भरमा सहकारीमा खाता खोली पैसा जम्मा गर्ने गरेका थिए ।

केही दिन अगाडिदेखि नै सहकारीको गतिविधि शंकास्पद लागेपछि बचतकर्ताहरुले आफ्नो पैसा निकाल्न खोज्दा बलिराम साहले आफू स्थानीय भएको र सहकारी कति कतै नजाने भनेर बचतकर्ताहरुलाई विश्वस्त गराएका थिए ।

तर कोषाध्यक्ष बलिराम साह पनि विगत डेढ महिनादेखि सम्पर्क विहीन छन् । त्यस पश्चात बचतकर्ताहरुलाई शंका लागेपछि सहकारीको कार्यालयमा हेर्दा विगत दुई हप्तादेखि ताल्चा लागेको थाहा परेपछि बचतकर्ताहरु पीडामा परेका हुन् ।

उजरी परे पनि कारवाही भएन 

वचतकर्ताहरुले १५ दिन पहिला नै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सहकारीका संचालक विरुद्ध उजरी दिए पनि सुनवाई नभएकाे गुनासाे गरेका छन् । सहकारी संस्थाका संचालकहरुकाे खाेजी कार्यमा प्रहरीले चासाे नदेखाएकाे पिडितहरुकाे गुनासाे छ । परिवारकाे सम्पर्कमा फरार संचालकहरु रहेकाे पिडितहरुकाे भनाई छ ।  

बचत कर्ताले बजार प्रतिधिहरुलाई आफ्नाे पइसा फिर्ता गर्न भनिरहँदा उनीहरु पनि तनावमा परेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...